Thursday, July 31, 2014

थसेस जापानको मैत्रीपुर्ण भलिबल प्रतियोगिता स्थगित

सरद डायरि । विहिबार, श्रावण १५, २०७१
थससे जापानको अध्यक्षबाट अनुरोध आएबमोजिम  तपसिल समाचार संम्प्रेषण गरे, बिभिन्न मेडियामा एकै प्रकारको ब्यहोरा प्रकाशानार्थ अनुरोध गरिएता पनि केहि संम्सोधन गरि प्रकाशन भएको रहेछ ।
थकाली सेवा समिति जापानले वर्षेनी आयोजना गर्दैआईरहेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यस बर्षदेखि स्थगित गर्ने घोषणा गरेको छ । उक्त कुरा सो संस्थाका अध्यक्ष बुद्धि गौचनले एक बिज्ञप्ती प्रकाशित गरी जनाउनुभएको हो ।
बिज्ञप्तीमा, जापानमा एउटै प्रकृतिको कार्यक्रम गर्ने होडबाजी बढ्दै गईरहेको र संघसंस्थाहरुबिच एकै दिनमा कार्यक्रम जुध्ने  गरेकोले पनि उक्त प्रतियोगिता स्थगित गर्नुपरेको जनाईएको छ । संस्थाहरु बिच हातेमालो, आपसी भाईचारा तथा सहकार्यको विकास हुनुपर्नेमा प्रतिस्पर्धात्मक तरिकाले एकै खालका कार्यक्रम एकै दिनमा आयोजना हुने स्थिति बढ्ने देखिकोले भविष्यमा अझ अस्वस्थ प्रतिस्पर्धा एवं असहज स्थिति नआओस भन्ने हेतुले संयमता अपनाई स्थगित गरिएको जनाइएको छ ।
जापानबासी नेपालीहरुको चाहना, आवश्यकता, अवस्था र समयानुकुल हेरि पुन: नौलो प्रकृतिको कार्यक्रम लिएर थसेस जापान उपस्थिति हुने कुरा पनि बिज्ञप्तीमा जनाईएको छ ।
यस मैत्रीपूर्ण भलिबल प्रतियोगिता स्थगित गर्नुपरेकोमा दु:ख ब्यक्त गर्दै यसबाट पर्न गएको असुबिधाका लागि आम नेपाली, जापानी, शुभचिन्तक, विशेषगरी खेलाडिहरु एवं खेलप्रेमी सम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमायाचना गर्दछ ।
बिज्ञप्तीमा उल्लेख छ  ।
स्मरण रहोस, थसेस जापानले हरेक वर्षको शरद याममा भलिवल प्रतियोगिताको आय़ोजना गर्दै आइरहेको थियो र उक्त प्रतियोगितामा उत्साहजनक सहभागिता र रौनकता रहंदै आएको थियो । यसैगरी आफ़्नो महान पर्व फ़ागुपूर्णिमाको अवसरमा नियमित आयोजना गर्दै आएको  सांगीतिक कार्यक्रम शुभकामना सांझ पनि थसेस जापानले तत्कालको लागि स्थगित गरिसकेको छ ।

No comments: