Sunday, October 5, 2014

ग्रोबल फेस्टिबल जापान २०१४

सरद डायरि । शनिबार, असोज १८, २०७१
अक्टुवर ४ र ५ मा आयोजना भएको ग्रोबल फेस्टिवल हिबिया पार्कमा आज शनिबारका दिनमा उपस्थिति जनाउने  मौका मिल्यो । धेरै ठुलो श्केल र अति नै उपयोगि, जानाकारि र बिबिध बिषयमा ज्ञानबर्दक लाग्यो ।
तिन दर्जन बढि देशको दुताबासले सहभागि जनाएको भएपनि आफ्नै देश नेपालको भने स्टल भेट्टाईन तर मेरो पुरानो जापानी मित्रले नेतृत्व गर्नुभएको हिमालय होजेन काईको स्टल भने भेट्टाईहाले । अध्यक्ष वातानाबे ज्युले नेपालको बिभिन्न गाउमा गएर गर्नु भएको १८ बर्षको सेवामुलक कार्यमा दश लाख वटा बोट रोपिसकेको शुभ कहानि र बिबिध कुराहरुको जानाकारि गराउनु भयो भने सचिब टोडाज्युको नेपाली भाषा, नेपालीले भन्दा स्पष्ट र सुद्ध बोल्दै म संगै भलाकुसारि गर्दा घण्टौ बितेको पत्तै पाएनछु ।
जेहोस,जापानको सरकारि निकाय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, युनिसेफ, जाईका र कृषि संम्बन्धि, नेटवर्क सम्बन्धि र अन्य एनजिओ गरि करिवन ५०० बढि स्टल सँगै मेन स्टेज र अर्को २ वटा स्टेजमा एकेबि ४८ तथा प्रोफेसनल सक्कर खेलाडि किटाजावा आदिको बिबिध प्रस्तुतिले गर्दा फेस्टिवलको रनक नै धेरै फरक थियो ।
अचम्मको कुरो एकजना पनि नेपाली लाई नभेटे पनि मेरो पुराना जापानी मित्रहरुलाई भने धेरै बर्षको अन्तरालमा ५,६ जनालाई अचानक भेटेको कारण केहि स्मरण सहित आईफोनमा फोटो कैद भने गरे ।

 
 

 















 

No comments: