Monday, July 20, 2015

थसेस जापानको वार्वेक्यु- जुलाई १९, २०१५

सरद डायरि । आईतबार, श्रावण ३, २०७२
थकाली सेवा समिति जापानले हरेक बर्ष झै यो वर्ष पनि उत्साहजनक सहभागिका विच हालै समर पिकनिक (वनभोज) कार्यक्रम सम्पन्न गरेको छ । 
जस अनुसार, गत आईतबार टोक्योको युमेनो सिमा कोयन नामक वार्वेक्यु स्थलमा करिवन ५ सय जना नेपाली तथा जापानीहरुको सहभागिताका बिच बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सो पिननिक कार्यक्मर सम्पन्न गरेको हो ।
जापानका लागि नेपाली राजदुत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा राजदुत भट्टराई र समितिका संरक्षक शरद कुमार गौचनले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
सो कार्यक्रमबाट उठेको रकम हालैमा गएको महाभुकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको कदमबास-५ कोदारि स्थित सिहदेवी प्राथकमिक बिध्यालय भवन निर्माणमा खर्च गरिने सो संस्थाका महासचिब राजु सेरचन ले बताउनु भयो ।


उत्साहजनक सहभागिता जनाई कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा समाजका अध्यक्ष बुद्धि गौचनले धन्यबाद व्यक्त गर्नु भएको थियो। यसअघि कार्यक्रम संयोजक अनिल भट्टचनले उपस्थित सबैमा स्वागत गर्दै आगामी दिनमा पनि यसरी नै सहयोग र सहकार्यको अपेक्षा गरिएको धारणा ब्यक्त गर्नुभएको थियो। सो अवसरमा विभिन्न मनोरञ्जनपूर्ण कार्यक्रमहरु गरिएको थियो ।
स्मरण रहोस् थकाली सेवा समिति जापानले हरेक वर्ष ग्रीष्मयाममा ब्यस्त दैनिकीबाट एक दिन भए पनि टाढा रही जापानबासी नेपालीहरुबीच पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने उद्देश्यले पिकनिक (बिबिक्यू) कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।
उत्त समयका केहि झलकहरु तलतिर...













No comments: