Sunday, June 19, 2016

उरायासु (माचुरि) दुईदिने पर्व

सरद डायरि । शनिबार, अषाढ ४, २०७३
५ बर्षमा १ पटक आयोजना हुने उरायासु श्रेत्रको बिशेष स्थानीय दुई दिने पर्व (माचुरि) मा संलग्न भए । निकै ठुलो बृहत रुपमा पुर्व विविध तयारि ब्यबस्थापनका साथ यो पर्व मनाईदो रहेछ । दुई दिनको कार्यतालीका सहित मन्दिरबाट भगवानको मुर्ति निकाल्ने शुभ साईत संगै भित्र्याउने साईत र टाढाटाढाबाट उपस्थित जनाउने भत्तजन र दर्शक श्रोताको लागि खानपिन संगै अन्य ब्यबस्थापन पनि विधि पुर्वक गरिदो रहेछ ।
हाम्रो परिवारको तर्फबाट उत्त मेलाको पहिलो दिनमा मुर्ति बोकेर भगवानको सम्मान गर्ने कार्य सम्पन्न भयो । धेरै पहिला पनि यस किसिमका जापानको मेलामा संलग्न भएता पनि धेरै बर्षको अन्तरालमा फेरि आफ्नै परिवार सहित आवद्ध हुन पाउदा खुशी लाग्नुका साथै २ दिन एकैछिनमा बितेको पत्तै भएन् । सोहि समयको केहि तपसिल स्न्याप सहित उत्त कार्यक्रमका केहि झलकहरु....







 












 

No comments: