Wednesday, January 11, 2017

कर्मभुमिको दिनचर्याको शुरुआत ।

सरद डायरि । मंगलबार, पौष २६, २०७३
करिवन साँढे दुई हप्ताको मातृभुमिको बसाई पश्चात कर्म भुमिको दिनचर्या आज देखी शुरु भयो । जन्मभुमिको छोटो बसाईमा पनि उचित कार्यब्यबस्थापन, उपलब्धिमुलक समय तथा आदरणीय महानुभावहरुको संगको भेटघाट,भलाकुसारि संगै थुप्रै अविस्मरणीय क्षण र पलहरुलाई मनमस्तिस्कमा सरसजावट गरियो । संम्बन्धित सबैको जानाकारिको लागि तपसिल कार्यक्रमहरुमा सहभागि हुने मौका र अवसर प्राप्त संगै भब्य सम्पन्न, कार्यतर्जुमा मिलाउनुहुने श्रद्धेय महानुभावहरुलाई कोटिकोटि नमन्...
(१) डिसेम्वर २५, २०१६,आईतबार - स्वागत सम्मान तथा भेटघाट कार्यक्रम, नेपाल जापान सम्पर्क समिति (काठमाण्डौं)
(२) डिसेम्वर २६, २०१६, सोमबार - ल्हफेव (थकाली जातीको एेतिहासिक पर्व) को पत्रकार सम्मेलन, थसेस केन्द्र मुल आयोजक समिति (काठमाण्डौं)
(३) डिसेम्वर २६, २०१६, सोमबार - ड्राई पिकनिक, थकाली भाषा प्रशिक्षण समिति तथा परिक्षार्थीहरुद्धारा आयोजित (काठमाण्डौं)
(४) डिसेम्वर २८, २०१६, बुधबार - सिन्धुपाल्चोक, कदम्बास वडा नं ५ अबस्थित श्री सिंहदेवी प्राथमिक बिध्यालय (थसेस जापानद्धारा नवनिर्मित ८ कोठे भवनको निरिक्षण तथा अवलोकन) (सिन्धुपाल्चोक)
(५) डिसेम्वर २९, २०१६, विहिबार - भेटघाट, स्वागत सम्मान तथा खेल सामाग्रि हस्तान्तरण कार्यक्रम - कास्कि फुटवल संघ (पोखरा)
(६) डिसेम्वर ३०, २०१६, शुक्रबार - ल्हफेव (१२ बर्षे थकाली जातिको ऐतिहासिक पर्व) उदघाटन समारोह (मुस्ताङ्ग)
(७) जनवरि १, २०१७, सोमबार - गौचन (च्योकि) परििवारद्धारा भेटघाट तथा सम्मान कार्यक्रम (मुस्ताङ्ग)
(८) जनवरि १, २०१७, सोमबार - ल्हफेव (१२ बर्षे थकाली जातिको कुम्भ मेला) पहिलो चरणको बिशेष महत्वपुर्ण कार्यक्रम (मुस्ताङ्ग)
(९) जनवरि २, २०१७, मंगलबार - भेटघाट तथा स्वागत सम्मान कार्यक्रम - एड्स रोग नियन्त्रण संघ, कास्कि (पोखरा)
(१०) जनवरि ५, २०१७, बिहिबार - धौलागिरि सेन्चुरि ट्रेक, ट्रेल लन्च - म्याग्दि उद्धयोग बाणिज्य संघ (काठमाण्डौं)

पुनश्च : क्रमश संम्बन्धित माथी उल्लेखित कार्यक्रमहरुको केहि झलक र ब्यहोरा अपडेट गर्दै जाने कोशिस जारि रहने नै छ। सम्पुर्णको सधै भलो होस् भन्ने कामना सहित वि.सं २०१७, सबैलाई फलदायि र उपलब्धिमुलक रहोस्, शुभदिन...

No comments: