Sunday, November 9, 2008

आईस स्केट खेल्ने योजना

आईस स्केट खेल्न पालो पर्खिदै गर्दा खिचेको झलक

क्रिसमस ट्रिको अगाडिको झलक

आ़ईस स्केट ग्राउण्ड अगाडी मित्रसंग



सरद डायरी । आईतबार, कार्त्तिक २४, २०६५

मेरो एमबिएको कलास फ्रेन्ड जर्मनी मित्र,क्यानिडियन मित्र र जापानि मित्र संग आज लन्च संगै खाएर आईस स्केट खेल्न जाने योजना बनाएका थियौ ।

किनभने आज देखी नै क्याम्व्रिज स्ट्रेटको द चाल्स् होटेलमा आईस स्केट ग्राउन्ड ओपन गर्ने साथमा बिभिन्न किसिमका ईबेन्ट र सर्भिस गराउने सुचनामा लेखिएको थियो ।

अपसोच तर आज भने बिहानै बाट निकै बाक्लो हिउ पर्नुका साथै र मौसम पनि निकै जाडो थियो । हामिहरुको भेटने समय भन्दा करिब १ घण्टा अगि जापानि र क्यानिडियन मित्रले टेलिफोन गरि आज हिउ परेको र नराम्रो मौसम भएकोले डेरामै बस्ने अबगत गराउदै नआउने जानाकारि गराए ।

अन्तमा म र जर्मनी मित्रमात्र भेट भयौ । क्याम्ब्रिज स्ट्रेटको इन्डियन रेष्टुरेन्टमा बफेट लन्च खाई द चाल्स होटेल तिर लाग्यौ । तर आइस स्केट ग्राउन्ड भने निकै सानो र मान्छे टनाटन भएको हुनाले अर्को ठाऊको स्केट ग्राउण्डमा जाउ भनि जर्मनि मित्रले प्रस्ताव राख्नु भएकोले रेड लाईन चढेर लागियो उत्त ठाउतिर ।

No comments: