Wednesday, November 5, 2008

लक्ष्मि पुजा तथा भाई टिका


भगवानलाई ब्यवस्थितकासाथ पुजाआजा गर्दै
रमाईलो गरेपछि अन्तमा खाना खादै



सरद दायरि । बुधबार, कार्त्तिक २०, २०६५

आज लक्ष्मी पुजाको दिन तर बिदेशमा बसेपछि बिबिध ब्यस्थताले गर्दा हाम्रो चाडबाडको त के कुरा नेपालको दिन,मिति समेत थाहा हुदैन । आज त्यस्तै भयो, केहि महिना पहिले मात्र शुरु भएको मेरो बोस्तन बिश्वबिद्दालयमा एमबिए कलासको ब्यस्थताले गर्दा आजको जमघट मर्लकै भुलेछु । मामा र अन्य ईष्टमित्रहरु भने सबै जम्मा भएर हल्का नेपाली चाडको संम्झना गर्नुभएको रहेछ । म पनि ढिला गरि भएपनि सामेल त भए । उहाहरु भने दिउसै देखि जम्नु भएको रहेछ ।
जेहोस बिदेशको भुमिमा आफ्नो चाडबाड ईष्टमित्रहरुसंग बसेर मनाउन पाउदा छुट्टै मजा आउदो रहेछ ।

No comments: