Saturday, December 13, 2008

जापानको उडान,अमेरिकाको हाईओयमा दशा ।।।

पंचड भएको टाएरको झलक
हाईओयमा मित्रले गाडि रोकेर ओर्लदै

एस.के.पन्चड भएको कारसंगै फोटो खिचाउदै


सरद डायरी । शनिबार, मंसिर २८, २०६५

गत बर्ष अमेरिकामा मेरो कंम्पनिले काम गर्न पठाएको काम (च्योंकि स्युच्यों) २ बर्षको कन्ट्याक भएपनि १ बर्ष नपुग्दै जापानमै फिर्ता बोलायो । हुन पनि अमेरिकामा काम गरेको ६ महिना पनि नहुदै दिन प्रति दिन काम घटेको थियो । हुदा हुदा त शुक्रबारमा त आधा दिन पनि काम नहुने र सोमबार देखी बिहिबारको वुईक डे को काम पनि सधैजसो २,३ घण्टै अगाडि काम सकिन्थ्यो । हालको विश्वभरि नै लागेको आर्थीक मन्दि को जरो नै अमेरिका हो भन्ने कुरो मेरो आफ्नै कामले पनि प्रष्टयाउथ्यो । तर मलाई भने ब्यत्तिगत रुपले भन्नु पर्दा अमेरिकामा घु्म्न आएको जस्तो भान भएको थियो । सधैजसो प्रत्येक हप्ताको शुक्रबार देखि आईतबार सम्मको ३ दिन नया नया ठाउमा घुम्न गईन्थ्यो भने वुईक डेमा पनि काम सकेर छेउछाउमा कुनै दिनै खालि नगरि कहि न कहि त गएकै थियौ ।
यसपाली लसबेगसमा मात्रै ३ पटक बढी गईयो । विश्वकै सवभन्दा ठुलो ओल्ड बेष्ट मिलिटरि सो (मिरामार एअर सो) हुने ठाउ सान्डियगो, ग्रेन्डक्यानियोन,हुपर ड्याम लगायत लसएन्जलसको डाउनटाउन,डलिउड,बेभरिहिल्ज,डिज्निल्यान्ड,युनिर्भल स्टुडियो,अमेरिकन बेसबल लिग,अमेरिकन बास्केटबल लिग,फुटबल लिग,सान्ताआना र छेउछाउको समु्न्द्रमा(हानिन्गतोन बिच, न्युपोर्ट बिच,सान्डिएगो बिच)त कति पटक गईयो लेखि साध्य छैन ।
जेहोस जसोतसो करिब १ बर्षको काम सकि आज मेरो आज जापान फर्किने दिन भएकोले होला बिहानै निन्द्राले छोड्यो, उठेर मनमा भने धेरै कुरा खेलाईरहेको थिए । कंम्पनिको मित्रले आज एअरपोर्ट सम्म छोडन जाने सल्लाह भएबमोजिम समय मै मित्र आईपुग्नुभयो ।अनि रेष्टुरेन्टमा खाना खाईओरि लागियो डोमेस्टिक एअरपोर्ट प्रोभिडेन्स तिर ।
कंम्पनिले नै हवाई टिकट प्रबन्ध मिलाएकोले सोहि अनुरुप डोमेस्टिक उडान ३ ठाउमा (साल्टलेक,सिकागो,सनफ्रान्सिस्को) ट्रान्जिट थियो आज । हुन पनि धेरै ट्रान्जिट भएमा आधा रकम नै टिकटको रकम फरक पर्दोरहेछ अमेरिकामा । मलाई धेरै ठाउमा ट्रान्जिट गर्नपर्ने भएकोले गाह्रो भएको महशुस भएपनि कंम्पनिको हितको लागि र मैले आफ्नो पैसा बचत गर्न पाउने भएकोले मन बुझाए । बोस्टन देखी गाडिमा २ घण्टा लगाएर फ्रिवय हुदै प्रोबिडेन्सको एअरपोर्टबाट साल्टलेक, सिकागो,सन्फ्रान्सिस्को हुदै आज लसएन्जलसमा बसेर भोलिमात्र लसएन्जेलस बाट नारिताको उडान थियो । अन्तराष्ट्रिय उडान भन्दा राष्ट्रिय उडान धेरै घण्टा भएको र म एक्लो भएकोले समय पास गर्न भने निकै गाह्रो होला भन्ने सोच्दै हाईओए मा मोटर डौडाई रहेको बेलामा अचानक गड्यांङ्ग गुड्युङ्ग आवाज आयो । हाईओय भएको र मोटर निकै स्पिडमा गुडिरहेको हुनाले मोटर रोकीन पनि ३,४ मिनेट त लागिहाल्यो । साईड लगाएर हेरेको त मित्रको गाडिको टायर नै पन्चड भएकोले ठुलो आवाज आएको रहेछ । खुशीको कुरा त कुनै घटना बिना हामि बच्न सफल भयौ । तर अपसोच,मित्रको गाडिको ईन्स्युरेन्स पनि १ हप्ता अघी मात्र सकिएको र हिजो मात्र नया टाएर फेरेको मित्रले जानाकारि गराउदै २,४ ठाउमा मित्रले टेलोफोन घुमाउनुभयो । एअरपोर्टको पुग्न २० मिनेटको बाटो भएपनि उडान समय भने नजिकिदै थियो । समयमा नभ्याएमा मेरो सबै स्केज्युल भटाभुङ्ग हुन्थ्यो र करिब हजार पन्ध्रसयको दशा लाग्ने थियो । भाग्यबश अन्तमा १ जना मित्रसंग सम्पर्क हुनपुग्यो र उहा तुरुन्तै मलाई पुर्याउन आउने जानाकारि गराउनुहुदै करिब आधीं घण्टामा आईपुग्नुभयो । उहाले समय मै मलाई लगेर प्लेनमा चढ्याउनुभयो । मैले त उहालाई भगवान सरह संम्झे ।

No comments: