Saturday, June 27, 2009

बिश्व पप सम्राट माईकल ज्याक्सनको निधन

सरद डायरि । शनिवार, असार १३, २०६६

बिश्वकै पप सम्राटका रुपमा चिनिने अमेरिकन नागरिक माईकल ज्याक्सनको जुन २५ तारिख,बिहिवार बेलुका लसएन्जेलसको एक हस्पिटलमा हृदयघाटका कारण निधन भएको समाचारले जापानको मेडियामा पनि निकै चर्चा पाएको छ ।
१९५८ मा जन्मिएका ज्याक्सनले १९८२ सालमा थ्रिरलर एल्बम निकाली १० करोड को संख्यामा बिश्व बजारमा बिक्रि गरि पहिलो रेकर्ड राख्न सफल भएका थिए । त्यसपछी पनि थु्प्रै थुप्रै हिट एल्बम निकालेर २०सौं शताब्दीका पप सम्राटका रुपमा चर्चित बिश्व ईतिहासमा नाम छपाउन सफल ब्यत्तित्व भएपनि बिभिन्न बिवादमा मुछिएका कारण लामो समय देखी सांगीतिक क्षेत्रबाट टाढा रहेका थिए । सिएनएन बाट प्रसारित उनको निधनको बारेमा ब्रेकिङ्ग न्युज (भिडियो) क्लिक गरेर बिस्तृत रुपमा हेर्नसक्नुहुनेछ ।

No comments: