Monday, August 3, 2009

थसेस जापानको बार्बेक्यु (बनभोज) कार्यक्रम सानदारका साथ सम्पन्न

खर्बुजा फोर्ने खेलको एक झलक
बिन्गो खेल संचालन गर्दै एस.के
आमन्त्रित पाहुनाहरु आ‍-आफ्नै संसारमा


सरद डायरि । आईतबार, साउन १८, २०६६
टोकियो स्थित फुतागोतामागावा नामक खोलाको किनारमा थकाली सेवा समिति (थसेस) जापानको बार्षिक कार्यक्रम मध्येको एक, बनभोज कार्यक्रम (समर बार्बेक्यु कार्यक्रम) जापानबासी नेपालीहरु र जापानी बिच आईतबार शानदारका साथ सम्पन्न भएको छ ।
असारे महिनाको सिमसिमे झरि झै पानी परेर बिहानैदेखि मौसमले त्यति साथ नदिएपनि आमन्त्रित पाहुनाहरु भने उक्त झरिको केहि वास्तै नगरी रुझ्दै भिज्दै खुल्ला मैदानमा बिछ्याईएको सिट् र पाल टांगिएको स्थल भित्र खचाखचले खुट्टा टेक्ने ठाउं थिएन ।
करिब डेढ सय भन्दा बढिको संख्यामा उपस्थित महानुभावहरुलाई महासचिब अनिल भट्टचनले स्वागत गर्दै कार्यक्रम शुरुआत गर्नुभएको थियो । कार्यक्रममा खेलाईएका आकर्षित खेलहरु मध्ये खर्बुजा फोर्ने खेल र बिन्गो खेल राखिएको थियो । खर्बुजा फोर्ने खेलमा जापानी र नेपालीहरुले सामूहिकरुपमा भाग लिनुहुदै महिला तर्फ ५ जना र पुरुष तर्फ ११ जनाले सहभागि जनाउनु भएको थियो । जसमा महिला तर्फ सिनो जी(जापानी महिला) ले खर्बुजा फोर्न सफल भई प्रथम स्थान प्राप्त गर्नुभएको थियो भने पुरुषतर्फ पनि जापानी नागरिक यामादाजीले खर्बुजा फोरि प्रथम स्थान हासिल गर्नुभएको थियो । जम्मा १७ जना प्रस्तिस्पर्धी खेलाडि दर्ता मध्ये जापानी प्रस्तिस्पर्धी ३ जना मात्र भएता पनि दुबै बिजयी जापानी खेलाडिहरुले हात पार्न सफल हुनुभएको थियो । त्यसलगत्तै खेलाईएको बिन्गो खेलमा भने फुल हाउस जित गौचन, कुईक फाईभमा महेन्द्र शेरचन, सेकेन्ड कोलममा भगबती गौचन, फोर्थ कोलम बुद्धिमान शेरचन र फोर कर्नरमा सुजन लालचनले जित हात पार्न सफल हुनुभएको थियो ।
उत्त खेलको संयोजन बडो कुशलताका साथ क्रमश: सचिब महेश शेरचन, सह-कोषाध्यक्ष लोकेश गौचन@र दिपक गौचनले गर्नुभएको थियो ।
जापानकै ए कलासको मासुको परिकार सहित बिभिन्न स्वादिष्ठ खानाहरु र बियरको चुस्की लिनुभईरहेका आमन्त्रित पाहुनालाई डिजे राजु शेरचनको संगितले नचाउनुसम्म नचाएको थियो । वरपरका जापानीहरुसहित ठूलो समुहमा जमेको उक्त कार्यक्रमलाई अन्तमा समाजका अध्यक्ष ध्रुब भट्टचनले बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबै महानुभावलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रममा परिवारसहित जापानका लागि नेपाली राजदुत डा. गणेश योञ्जन तामाङ, एनआरएन आईसीसीका सदस्य डा. कुमार बस्नेत, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष ओम गुरुङ, तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङ, शेर्पा संघका अध्यक्ष ङवाङशेरे शेर्पा, चितवन कल्याण समाजका अध्यक्ष लोकनाथ वस्ती र उई लभ नेपालका प्रधानसम्पादक सोनाम शेर्पा लगायतका बिशिष्ट ब्यत्तित्वहरुको पनि उपस्थिति थियो । औंपचारिकता कार्यक्रमभन्दा पनि बिबिध रमाईलो कार्यक्रम र खेलकुदमा केन्द्रित उत्त सबै कार्यक्रमको संचालन थसेसका सल्लाहकार शरदकुमार गौचनले गर्नुभएको थियो ।

No comments: