Sunday, May 2, 2010

थकालीहरुले जापानमा तोरन्ल्ह मनाए ।

सरद डायरि । आईतबार, बैशाख १९, २०६७
थसेस जापानले टोक्योको हामामाच्यो स्थित मन्दिर रेष्टुरेन्टमा आफ्नो चार देवता एवं नरिझ्यवको पुजाआजा गरि भब्यरुपमा तोरन्ल्ह पर्व मनाएको छ । थकालीहरुको महान चाड तोरन्ल्ह ढिलै भएपनि सम्पन्न भएकोमा उपस्थित थकालीहरुमा प्रसन्नता छाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदुत डा.गणेश योञ्जन तांमाङ्गका साथै अतिथिद्धयमा एनआरएन जापानका अध्यक्ष भवन भट्टले थकालीहरुको महान चाडमा थकालीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
थसेस जापानको अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा भएको उत्त कार्यक्रममा स्वागत भाषण सह-कोषाध्यक्ष दिपक गौचनले गर्नु भएको थियो भने अन्य बक्ताहरुमा थसेसका संरक्षक डा.योगेन तुलाचन, जनजातिका अध्यक्ष ध्रुब भट्टचन लगायत अन्य संघसंस्थाको प्रतिनिधिहरुले पनि मन्त्यब्य राख्नु भएको थियो ।
१९ औं शुभकामना सांझमा कलाकारिता प्रदशन गरि सहयोग गर्नुहुने महानुभावहरु सन्तोषि गौचन,दिपक गौचन,रेणु तुलाचन र सबिता शेरचन तथा थसेस जापानलाई योगदान गर्ने ब्यक्तित्व थसेसका संरक्षक डा. योगेन तुलाचन, जनजाति महासंघका अध्यक्ष एवं थसेसका पुर्व अध्यक्ष ध्रुब भट्टचन, थसेसका सल्लाहाकार शरद शेरचन र सदस्य लेनिन भट्टचनहरु लाई क्रमश प्रशंसा पत्र,सम्मान पत्र र खादा ओढाई प्रमुख अतिथिले बढाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा थसेस जापानका नयाँ पदाधिकारिहरुलाई अध्यक्ष शरद कुमार गौचनले गोपनियताको सपथ ग्रहण गराउनुका साथै प्रमुख अतिथि राजदुत डा.तामाङ्गले एक एक जनालाई खादा ओढाई बढाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका सभापति एवं थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले उपस्थित सबैलाई शुभकामनाका साथै धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
दुई चरणमा बिभाजित पहिलो चरणको औपचारिक कार्यक्रम र दोस्रो चरणको बिबिध सांस्कृतिक कार्यक्रम थसेस जापानका महा-सचिब अनिल भट्टचनले बढो कुशलताका साथ संञ्चालन गर्नु भएको थियो ।
थकाली नृत्य एवं नेपाली गीत संगीतमा भएको भब्य साँस्कृतिक कार्यक्रमका साथै आफ्नो परम्परागत परिकारहरु सेलरोटि,जिम्भु तरकारि र रात्रिभोज समेत सम्पन्न भएको थियो । अन्तमा थसेस जापानका प्रवक्ता एवं डिजेकार राजु शेरचनको म्युजिक धमाकाले नाच्नको लागि सबैजनालाई डान्स फ्लोरमा उतार्न सफल भएको थियो ।
फोटोको लागि तलको लिन्कमा क्लिक गरि हेर्न सक्नुहुनेछ ।
http://www.nepaljapan.com/galary.php?id=1272861897
फोटो : नेपालजापान डट कम

No comments: