Monday, April 26, 2010

मोटोपन घटाउन अपनाउने पर्ने उपायहरु

सरद डायरि । आईतबार, बैशाख १२, २०६७

१) भोको बसेर चाडै तौल घटाउने प्रयास गर्नु हुदैन । यस बाट बिभिन्न बिकृतिहरु उत्पन्न हुन सक्छ । हप्ताको १/२ देखि १ किलो भन्दा बढी तौल घटाउनु उपयुक्त हुदैन ।

२) उसिनेको खाना मात्र खानु पर्छ भन्ने गलत धारणा राख्नु हुदैन । स्वादको लागि केहि मरमसला प्रयोग गरि खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३) खाद्य पदार्थलाई राम्रो सँग चपाएर मात्र निल्ने गर्नुपर्दछ ।

४) खाना दिनको ३/४ पल्ट पनि खान सकिन्छ तर एकै पटक धेरै खाना खानु हुदैन ।

५) सधै नियमित रुपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्दछ ।

६) भोकको अनुभुति भई रहेमा अति कम क्यालोरि दिने खाद्य पदार्थहरु जस्तै : गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।

७) बेलुकाको खाना (डिनर) अलि छिटै बेलुकाको ७ बजे बित्र उपयुक्त हुन्छ । खाना खाने बिक्तिकै सुत्नु हानिकारक हुन्छ ।

८) तौल घटाउनको लागि उचित ब्यायाम पनि खाना जक्तिकै महत्वपुर्ण छ ।

९) ब्यायाम सकेपछि नियमित स्नान गर्नु पर्छ । यसले शरिरलाई स्वच्छ र फुर्तिलो बनाउछ ।

१०)तौल घटाउछु भन्ने मनमा सन्कल्प लिनुपर्छ । धेरै क्यालोरि दिने खाना खान छोडेको १/२ हप्ता सम्म छटपटि लाग्ने, निन्द्रा नपर्ने, पेट पोल्ने र मुखमा अमिलो पानी आउने लक्षण देखा पर्न सक्छ त्यसैले आफ्नो आत्मबललाई बलियो बनाउनु पर्छ र यस्ता समस्यालाई पानी प्रसस्त मात्रामा पिएर जित्न सकिन्छ ।
श्रोत : क्यामज्जा

No comments: