Monday, July 5, 2010

एनआरएन जापानको चौंठो अधिवेशनको निम्तो पत्र ।


सरद डायरि । आईतबार, २० आषाढ, २०६७
एनआरएन जापानले ६ महिना ढिलै गरेर भएपनि चौंठो अधिवेशन गर्न गएको सुचना सार्बजनिक गरेको छ । तेस्रो अधिवेशनको कुरा गर्ने हो भने, जापानमै पहिलो पटक नेपालीहरुको यत्रो ठुलो संख्यामा जमघट भएको थियो । लाग्थ्यो नेपालको कुनै ठुलै जात्रा वा चुनावको केन्द्र बनेको थियो मेगुरो कुमिन काईकान । त्यसअर्थमा यो माहोलले जापानमा ठुलै चर्चा परिचर्चा साथीभाई बिच गफ गर्ने बातावरण बनाएको थियो ।

जेहोस, आज चौंठो अधिवेशनको निम्तो पत्र मलाई पनि प्राप्त भएको छ आउदो जुलाई १८ तारिखको लागि ।

हेरौं कस्तो रुप लिन्छ चौंठो अधिवेशनले र नया बागडोर सम्हाल्न तंम्सेका नया अनुहारको । यो त समयले नै बताउने छ ।

No comments: