Tuesday, July 27, 2010

नेपाल महोत्सव २०१०


सरद डायरि । आईतबार, ९ साउन, २०६७
घुम्दै फिर्दै नेपाल महोत्सव २०१० टोक्योको मुटु हिबिया पार्कमा यो बर्ष पनि आयोजना हुन गईरहेको छ । नेपाल महोत्वस नेपालीहरु द्धारा आयोजित जापानमै सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।
अत सम्पुर्ण नेपालीहरु फुटेर होईन जुटेर बिबाद होईन बहस गरेर प्रत्येक नेपालीले नेपाललाई चिनाउने यो सुभ अबसरको उपयोग गर्नु पर्ने देखिन्छ ।
उत्त कार्यक्रमको आयोजक समितिको संयोजक ज्यु बाट थसेस जापानको नाममा मलाई निम्तो पत्र प्राप्त भयो । म स्वयम यस कार्यक्रमको आयोजक समितिको सदस्यमा रहेपनि थसेसको नाताले उत्त पत्र प्राप्त भएकोमा उहालाई धन्यबाद दिन चाहान्छु । साथै हाम्रो संस्थाका सम्पुर्ण सदस्यहरु लगायत जापानी मित्रहरु र अन्य बिदेशीहरुलाई पनि सक्दो उपस्थितिको लागि पहल गरेको छु ।

No comments: