Monday, November 22, 2010

२० औं शुभकामना सांझको तयारि बैठक - १


सरद डायरि । आईतबार, मंसिर ५, २०६७
हिजो आईतबार नोभेम्वर २१ का दिन थसेस जापानको २० औं शुभकामना सांझ सम्पन्न गर्नको लागि राखिएको पहिलो बैठक भएपनि साथीहरुको उपस्थीति भने कमै रह्यो । थोरै संख्यामा उपस्थिति भएपनि बैठकको छलफल भने गरमागरम नै भयो ।
केहि अग्रज ब्यत्तित्व भनाउदाहरुको (आफैले भन्ने) एकल ढिंपि, सबै कुरो आफ्नै ठिक, आफु जस्तो जानेको बुझेको र जे पनि आफुले बाहेक कसैले गर्न सक्दैन भन्ने घमण्ड र एकल अहमताको कारण चुप्प बस्नै सकिन । समितिबाट सबै निर्णय भई सकेको कुरालाई २ घन्टा ढिलो उपस्थिति जनाई गर्दै नगर भन्नु कहा सम्मको एकाधिकार जमाउन खोजेको हो ? बिना तथ्य फन्टुसखालको बिगतको उदाहरण दिदै मैले एक्लै यो गरे त्यो गरे र म जस्तो जापानमा कोहि पनि ब्यस्थ छैन हप्तामा दिनमा ४,५ वटा निम्तो आउछ भनेर वाईकाड् गफ छोड्दै (जो एउटा कार्यक्रममा पनि देखिदैन) मुखैमा झुन्डेको त्यो शब्द कति हो कति सुन्दा सुन्दै वाक्क दिक्क भएपनि फेरि त्यहि कुरो दोहोर्याको सुन्दा झन कन्चडको रौं पनि नतात्ने कुरै भएन ।
अझै भएन भनेर एउटा ईमेल समेत चेक गर्न नजान्नेले, कसैगरि लाजैले मेल लेख्न परेपनि अरुलाई लेख्न लगाई आफैले लेखेजस्तै गरि गफ हाक्दै हावाको भरमा ईमेल आयो आएन र मेल ठेगाना संम्लग्न भएको नभएको हाँस्यास्पद गफ लगाउदै ईमेलको कारणले यो भएन त्यो भएन ईमेल भन्दा कति गुना सिधै टेलीफोन सम्पर्क सजिलो भरपर्दो भनेर गफ छाटेको देख्दा त लाज नभएको नकचरो जस्तो लाग्यो ।
समितिको भलो चाहदै, निश्चित उदेश्य हासिल गर्नको लागि कटिबद्ध रहि एकताबद्ध भएर पारदर्शि रुपमा कार्यक्रम अघि बढिरहेको सम्पुर्ण कार्य समितिका सदस्यहरुलाई समेत नकारात्मक सन्देश दिने यस्ता नरपिचास कसिंगरलाई तत्कालै तह लगाउनु पर्ने देखिन्छ । जसको लागि प्रत्येक गलत कार्य र बकम्फुंसे गफलाई भन्डाफोर गर्दै सभ्य,स्वच्छ,सत्य,तथ्य र यथार्थताको प्रशंसा गर्न र गराउन सबैजना गोलबद्ध हुन आवश्यक छ ।
हाम्रै घरपरिवार भित्र, हामि बिचको तिठा मिठा गहकिला बहस भएकोले निश्चित रुपमा ठोस कार्य गर्न गराउन पहल हुने महशुस गर्दै बिशेष सहयोग पुर्याउने पनि मेरो ठम्याई छ ।
जेहोस, अन्तमा २० औं शुभकामना सांझ आयोजना गरिने कुरा निर्णय गर्दै मलाई कलाकारहरु संगको सम्पर्कको लागि जिम्मा दिईएको छ । साथै अर्को बैठक २०११ सालको जनवरि १६ मा बस्ने गरि समापन गरियो ।
खुशीको गाठिं कुरो त, बैठकस्थलमा हाम्रा आफन्तजन जापानिज महिलाद्धारा बनाईएका नेपाली परिकार भने अति नै मिठो, प्रसशनिय र थकाल्निहरुलाई जित्ने उत्कृष्ट टेष्ट थियो ।
अचम्म को कुरा त, थकालीहरुको आफ्नै परम्परागत परिकार, फ्राई गरिएको छुर्पि र तप्रा (फापरको पिठो र सुकुटि मिसाएको परिकार) जापान मै त्यो पनि जापानिज नागरिकको हातबाट बनेको खान पाउनु भनेको सानो कुरो थिएन । हामिलाई गरिएको सत्कार र केहि पाठ समेत सिकाएको सहजै अनुमान गर्न सकिन्थ्यो ।
सबै साथीहरु सहित मैले पनि जिव्रो पट्काउदै तछाडमछाड् गर्दै खाईवरि फेरि अर्को भात खुलाई निम्तोस्थल तिर लाग्यौं ।

No comments: