Sunday, December 5, 2010

तहल्कै मंच्यायो विकिलिक्सले ।


सरद डायरि। शनिबार, मंसिर १८, २०६७

सन् २००६ सालमा अष्ट्रेलियाका ज्युलियन असान्ज(बिगतका कम्युटर ह्याक्कर) र युरोपका जर्नललिष्टका संयुत्त पहलमा विकिलिक्सको उत्पक्ति भएको हो । यो साईटको प्रमुख उदेश्य भनेकै बिभिन्न मुलुक, संघ संस्था र कंम्पनिहरुको गोप्य सुचनाहरु सार्वजनिक गर्ने बताईएको छ । करिब १२०० जनाको भोलिएन्टर समुहबाट संचालीत भएको र कहिपनि निश्चित ठेगाना वा अफिस नरहेको जनाईएको छ । यस समुह बेनाफामुलक र सुचनाको हकबाट सर्बसाधारणलाई बञ्चित नगराउने मुख्य उदेश्य भएकोले निश्चित आय श्रोत नै नभएको हालसम्म सहयोग रकमबाट संचालित भएको समेत जनाईएको छ ।

नोभेम्वर २९, २०१० मा अमेरिकाको कुटनीतिक गोप्य कागजात सार्वजनिक गर्ने कार्य शुरु गर्दै विश्व मै तहल्का मञ्चाएको छ । बिश्वभरि रहेको अमेरिकाको २७४ वटा दुताबासबाट आफ्नो पराराष्ट्र मामिला हेर्ने वासिङ्टन डिसिको बिदेश मन्त्रालयमा पठाएको कागजात मध्ये २५ लाख बढि कागजात र मेमोहरु फेला पारेको र पालै पालो सार्बजनिक गर्ने बताएको छ । सन् १९६६ देखि २०१० सम्म फेला पारेको कागजात मध्ये नेपाल सम्बन्धि २५ सय र जापानको ५ हजार बढि फेला पारेको समेत जनाएको छ । अमेरिकालाई हल्लाईरहेको यस साईटलाई अमेरिकाले पनि जवाफदेहि युद्धमा उत्रेको छ । केहि दिन अघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई युवति बलात्कार गरेको आरोपमा लगाएको मुद्दाद्धारा ईन्टरपोलले रेड कर्नर नोटिस जारि गरिसकेको छ भने उसको साईट पनि बन्द गरिदिएको थियो । तर आजै मात्र स्विट्जरल्यान्डबाट विकिलिक्स डट् सिएच का साथ फेरि उपस्थिति जनाएको छ ।
हेरौं अबका दिन यस युद्धले कस्तो मोड लिनेछ ।

No comments: