Monday, December 13, 2010

स्वादिष्ट लन्चसंगै हलुका गफगाफ र भेटघाट ।

सरद डायरि । आईतबार, २६ मंसिर, २०६७
म सम्बन्धित संस्थाको साथीहरुसंग हलुका सरसल्लाह र संगै बसेर गफगाफ गरौ भन्ने हेतुले जमघट हुने तय भएको थियो आज । तर यताउति गर्दा गर्दै म आफै ढिला गरेकोले सिनागावामा पर्खिन लगाएको भाईपनि सिधै गन्त्यब्यस्थल तिर लाग्नु भएछ । मेरो हातेफोनको घन्टि बजेपछि पो पत्ता लाग्यो उहाहरु जम्मा भएर मलाई पर्खिनु भएको रहेछ स्टेशनमा ।

ढिलै भएपनि सबैसंग भेटघाट गरि खाल्टोमा भएको हाम्रै नेपालीहरुको रेष्टुरेन्टमा (कावासाकिको) बसियो लन्चको लागि । मित्रहरुको पुर्व ब्यवस्थापनले होला, हामि सिटमा बस्न के पाएका थियौ भटाभट् खाना निक्लियो । समय पनि निकै ढल्किसकेको र भोक पनि खुबै लागेको कारण सबैजना खाना मै ब्यस्थ हुदै हलुका गफगाफ पनि गरियो। कालो मासको दाल, चना सुकुटि र कुखुराको मासु परिकार ले सत्कार पाईएको उक्त खाना सायद कुनै आफन्तकहा पाउना छाक खादै गरेको भान हुन्थ्यो । अति नै स्वादिष्ट र ठेट थकालीको खाना टेस्ट भएकोले चुप्प बस्नै सकिन् । मित्रहरुलाई यस्तो मिठो खाना ? कस्ले बनाएको होला भनि चासो ब्यत्त गरेको त, हाम्रै आफ्नै सोल्टि मित्रको हातले बनाईएको पो रहेछ । धन्यबाद छ मित्र सोल्टिलाई र तर्जुमा मिलाउने सबै मित्रहरुलाई पनि .........


मित्रहरुसंग स्वादिलो लन्च लिदै

No comments: