Tuesday, February 8, 2011

स्व. श्री कल्याण शेरचन प्रति हार्दिक समवेदना ।

स्व. कल्याण शेरचन

सरद डायरि । सोमबार, माघ २४, २०६७
आज बिहानको २ बजे उपचारको क्रममा बरिष्ठ लोकगायक तथा संङ्कलक स्व. कल्याण शेरचनको ६४ बर्षको उमेरमा निधन भएको दु:खद खबर जानाकारिमा आएको छ । क्यान्सर पीडित बरिष्ठ लोकगायक तथा संङ्कलक स्व. शेरचन एक बर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा हुनुहुन्थ्यो ।
२ छोरि र श्रीमती भएका स्व. शेरचन आफु चाहि ७ भाई छोरा मध्येका सबैभन्दा कान्छा छोरा हुन ।
पहिलो पटक २०२० सालतिर "किन रोयौं दमिनि भाउज्यु दमै दाईले कुटेर ट्याम्को फुटेर" नामक गीत गाएर रेडियो नेपालबाट पुरस्कार जित्न समेत सफल हुनुभएका थिए ।
क्रमश २०३२ सालबाट गायन क्षेत्रमा सक्रिय रुपमा संम्लग्न हुदै "घर मेरो खुदिमा, बुढो भयो ठुली के जानु रोदिमा भन्ने गीत रेकर्ड गर्नु भए पश्चात उहाका अन्य चर्चित र उत्कृष्ठ गीत मध्य, सोह्र बर्ष उमेरैमा मै पनी झिल्के हुदो हुँ, कलिलो तामालाई सोध रामलाई, कता होला हितको दौंतरि" लगायतका दर्जनौ गीतहरु नेपालीहरुको जनजिव्रोमा अँझै पनि गुञ्जि रहने गरेका छन् । साथै च्याङ्बा हो च्याङ्बा बोलको गीतको धुन उहाले गर्नु भएको बिबिसी रेडियो नेपाली सेवाको सिग्नेचर ट्युन हो ।
रानिपौवा पोखरा निवासी स्व. शेरचनको आजै शवयात्रा पछि तुलशीघाटमा अन्त्येष्ठि गरिएको परिवाजन मार्फत जानाकारि प्राप्त भएको छ ।
राष्ट्रले नै लोकगायन क्षेत्रका हानेहार बरिष्ठ ब्यत्तित्व गुमाउनु परेकोमा स्वयम स्व. शेरचनको दिवंगत आत्माको चिरशान्ती र सोकाकुल परिवार प्रति धैर्य धारणा गर्ने शक्ति थकालीहरुको ४ देवता र महालक्ष्मी नरिझ्यवले प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहान्छु ।

No comments: