Saturday, February 26, 2011

भाई बिकल शेरचनलाई बिदाई गरियो ।





सरद डायरि । शनिबार, फाल्गुण १४, २०६७
गत शनिबारका दिन भाई बिकल शेरचनको बिदाई सम्पन्न गरियो । कार्यक्रमको जानाकारि सहित अभिलेखको रुपमा थसेसको साईटमा प्रकाशन भएको छ । उत्त समाचार, कार्यक्रमका केहि झलकहरु जस्ताको तस्तै माथि र तलतिर.....

फेब्रवरि १९ शनिबारका दिन टोक्योको गोतान्डा स्थित माया रेष्टुरेन्टमा थसेस जापानले आफ्नो सदस्य बिकल शेरचनलाई नेपाल फर्किने क्रममा एक समारोहको आयोजना गरि भब्य बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
उत्त बिदाई समारोहमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्कन लाग्नु भएका बिकल शेरचनलाई खाता लगाई थसेसको तर्फबाट उपहार समेत हस्तान्तरण गर्दै बिदाई गर्नु भएको थियो । बिदाई मन्तब्यमा अध्यक्ष गौचनले उहाले समाजसंग आबद्ध रहि देखाउनु भएको सक्रियता, जागरुपता प्रति हार्दिक प्रशंसा गर्नुका साथै नेपाल फर्किए पनि समाज प्रति निरन्तर सेवाको लागि हार्दिक अपिल गर्दै फिर्ति यात्राको सफलताको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा आदिवासि जनजातिका अध्यक्ष ध्रुब भट्टचन, तमुधीं जापानका अध्यक्ष याम गरुङ र वुईलभ नेपालका संम्पादक तथा शेर्पा संघ जापानका महासचिब सोनाम शेर्पाले पनि खाता ओढाई बिदाई गर्नुभएको थियो । साथै धौलागिरी क्लबका पदाधिकारिहरु, आत्मिय साथीहरु लगायत अन्य थकाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि सामुहिक रुपमा खाता ओढाई सम्मान सहित बिदाई गर्नु भएको थियो ।
जापानबासी थकालीहरु तथा गैर थकालीहरुको ठुलो उपस्थितको उत्त बिदाई समारोहमा सामुहिक नाच गान सहित माया रेष्टुरेन्टको मीठो डिनर र बियरको चुस्किसंगै कार्यक्रम समापन गरिएको थियो ।

No comments: