Monday, April 11, 2011

सिन्जुकु ग्योएनमाएको हानामी





सरद डायरि । आईतबार, चैत्र २७, २०६७

नेपाल देखी पाल्नुभएका आफन्तजनको बिशेष आतिथ्यमा पुष्पलोकन (हानामी) कार्यक्रमतय भए अनुसार लागियो गन्तब्य स्थल सिन्जुकुको ग्योएनमाए पार्कतिर ।

हालको जापानको परिस्थितिले पब्लिक सवारि साधनहरुको चल्ने समय घटाईएको कारण र सबै संग बाटोमा भेटघाट गर्दै संगै जानुपर्ने भएकोले पनि पुर्व निर्धारित समय भन्दा निकै ढिला गरि पुगियो हानामी स्थल तिर ।

केहि आफन्त भने, ठिक समय मै आउनुभएकोले उहाहरुलाई निकै कुह्राएको अबगत भयो भने केहि आफन्त भनाउदाले भने बिना खवर नआएका रहेछन ।

आफ्नो स्वार्थ र मतलबिका कारण नचाहिदो बंकम्फुसे कारण देखाउदै फेरि फोन गर्ने आश्वासन दिएका भएपनि अनन्त न त फोन नै आयो न त उपस्थिति नै भए। मैले पनि त्यस्तालाई फोन नै नगर्ने निर्णय गरे ।

जेहोस, पुष्पलोकन स्थल भने अति नै ब्यबस्थित र राम्रो लोकेशनलेमा पर्ने भएकोले पनि मान्छेहरुको घुईचो र लाम भने कम थिएन, प्रवेश शुल्क समेत किटान भएको उत्त पार्कमा रकम भुक्तानि गरि छिर्नुपर्ने भएकोले केहि बेर लाईन बसि सबैको टिकट लिई प्रवेश गरियो ।

हलुका हावा र थोरै सित्तलको महशुष भएपनि भेटघाट, खानपिन र फोटो खिच्ने कार्यक्रम भने अति नै सौहार्दपुर्ण रुपले सम्पन्न गरियो ।

निकै रमाईलो भएको उत्त पुष्पलोवकन कार्यक्रम बेलुकाको साढे पाच बजेतिर पार्कबाट निक्लियौं ।

अझै केहि समय संगै बस्ने मनसाय सबैबाट प्रकट भएकोले सिन्जुकुको सवनार्द स्योन्तेनगाईको कफि सप तिर लागियो ।


For Photo (सबै बिस्तृत फोटोको लागि फर फोटोमा क्लिक गर्नुहोस)

No comments: