Monday, April 18, 2011

पिडित जापानीहरुलाई नेपाली खाना खुवाउने कार्य सम्पन्न ।





















सरद डायरि । आईतबार, बैशाख ०४, २०६८

जापानको बर्तमान अनिश्चितकालीन संकटकाललाई थोरै भएपनि राहत दिलाउनको लागि जापानस्थित नेपाली दुताबासको संयोजकत्वमा बनेको उद्धार टिमको आयोजना भएको नेपाली खाना खुवाउने कार्यक्रममा म लगायत हाम्रो अन्य ३ जना मित्रहरु गरि हाम्रो संस्थाको तर्फबाट ४ जना संमिलित भईयो ।

तोमेसिको २ सिविरमा रहेका अधिकांस मियागिकेनको मिनामि सानरिकुच्योबासि पिडित जापानीहरु करिव १००० जनालाई खाना खुवाउने र योगा (कसरत) पनि गराएर सानै भएपनि यस पबित्र कार्यमा संलग्न हुन पाएकोमा गौरान्वित र हर्षित भएको महशुष गरेको छु । यस संकटको घडिमा रहेका हाम्रा जापानी परम मित्रहरुलाई ठुलो चोटमा सानै भएपनि मलम लगाउने कार्य सम्पन्न गरियो ।

सुनामिले बिध्वंसै पारेको मियागिकेन मिनामि सानरिकुच्योको कहालिलाग्दो स्थलको दृष्यहरु समेत अवलोकन गरि हिजो आधा रातमा टोक्योमा फर्कियौं ।



बिस्तृत बिवरण

प्रस्थान मिति : अप्रैल १५, २०११ (शुक्रवार)

सिन्ओकुबोमा जम्मा भएको समय - २१:३०

गन्तब्य स्थलतिर प्रस्थान समय - २३:३०

टोक्योमा फर्किएको मिति - अप्रैल १६, २०११ (शनिवार)

फर्किएको समय - २२:३०

बस र भ्यान गरि जम्मा सम्मिलित संख्या - ४७ जना

जापानी- ७ जना

नेपाली- ४० जना

बसमा सफर संख्या - ४२ जना

भ्यानमा (किचनको सामान सहित) सफर संख्या - ५ जना


@राजदुत डा.गणेश योञ्जन तामङ ज्यु र एनआरएन अध्यक्ष देवमान हिराचन ज्यु पनि शनिबारको दिन दिउसो उपस्थित



कार्यबिभाजन


ब्यबस्थापनतर्फ - ४ जना
खाना बनाउने तर्फ - १२ जना (कुक)

सरसफाई तर्फ - १० जना

सामानको ओसारपोसार तर्फ - १० जना

भोलियन्टर परिचालन तर्फ - ६ जना

योगा (ब्यायाम, कसरत) तर्फ - ५ जना



खानाको परिकार (मेनु)

कुखुराको मासु र झोल (माईल्ड)

कुखुराको मासु र झोल (साधारण)

सेतो भात

मुलाको अचार

मिनेरल वाटर

@भात र मासुको झोल जति पनि खान पाईने र टेक आउट समेतको ब्यबस्था



खाना खुवाईएको स्थान र संख्या

तोमेसी टाईकुकान (ईन्डोर खेलकुद ग्राउन्ड) को सिविर - ७०० जना

तोमेसी कोओमिनकान (पब्लिक हल) को सिविर - ३०० जना



No comments: