Sunday, June 5, 2011

थसेस जापानको २० औं बार्षिक साधारण सभा सम्पन्न

सरद डायरि । आईतबार, २२ जेठ, २०६८

आज थसेस जापानको २० औं प्रतिनिधि सभा गर्ने दिन भएको र आउदो २४ जुलाई आईतबारका दिनमा थसेस जापानद्धारा आयोजना गरिने बार्वेक्यु (बनभोज) कार्यक्रम स्थल निरिक्षणको लागि पनि हेर्न जाने (सितामि) तय भएकोले पनि बिहानै आँखा खोल्न बाध्य भए ।


बिहानको साँढे सात बजे उठेर मुख धोईवरि लागे गन्तब्य स्थल युराकुचो लाईनको सिन्किबा स्टेशन तिर ।

१ जना भाई र अर्को १ जना जापानिज मित्र समय मै आउनु भएको भएपनि अन्य साथीहरु भने १५,२० मिनेट ढिला गरि उपस्थित हुने जानाकारि आयो ।

साथीहरु आउन सम्म लागियो कफी सप डटरमा, १,१ कप कफि चिया र मैले भने हलुका मोर्निङ्ग सेठ् अर्डर गरे । ब्रेकफास्ट लिदै गरिरहेकै बेलामा स्टेशन आईपुगिसकेको जानाकारि आएकोले डटर कफिसपबाट निक्लदै सबै संग भेटघाट गरि लागियो वार्वेक्यु स्थलतिर । तर बिडम्बना हाम्रा जापानिज मित्रलाई सबै चेक गरेर आउन भनेको भएतापनि नहेरि आउनु भएकोले उल्टो बाटो तिर लागिएछ ।

जेहोस, जसतसो पुगियो स्थलतिर ३०,४० मिनेट ढिला गरि र सबै बार्बेक्यु स्थलको चेक गरिवरि केहि जिज्ञासाहरु सहित सोधपुछ को लागि सम्बन्धित अफिस तिर ।

सबै काम सकेर घडि यसो हेर्दा त साँढे दश बजिसकेको रहेछ अनि लागियो हतार हतार गर्दै ११ बजे बाट शुरु गरिने साधारण सभाको स्थलतिर...


सम्पन्न थसेसको २० औं साधारण सभाको समाचार जस्ताको तस्तै...

६ जुन २०११ । थकाली सेवा समिति जापानले आफ्नो २० औं बार्षिक साधारन सभा हिजो टोक्योको ईकेबुकुरो स्थित एक रेष्टुरेन्टमा अध्यक्ष शरद कुमार गौचनको सभापतित्व र नेपाल आदिबासी जानजाति महासंघ टोक्योको अध्यक्ष ध्रुब भट्टचनको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न गरेको छ ।

बाकि १ बर्षे कार्यअबधिको लागि रिक्त १ उपाध्यक्ष पदसहित सल्लाहाकार समिति र कार्यकारिणी सदस्यहरुको पदपुर्ती र थपघट गर्दै ३५ सदस्यिय कार्यकारिणी समिति उत्त सभाबाट सर्वसम्मताबाट पारित भएको छ । जसअनुसार पुन: शरद कुमार गौचन कै अध्यक्षतामा उपाध्यक्षद्धय शशि गौचन, बुद्धि शेरचन र सोहन तुलाचन (मनोज) महा-सचिव अनिल भट्टचन, प्रवक्ता राजु शेरचन, सचिव गोबिन्द तुलाचन र हेमन्त कुमार शेरचन, कोषाध्यक्ष बुद्धि गौचन, सह-कोषाध्यक्ष लोकेश गौचन र दिपक गौचन, सदस्यहरुमा क्रमश सादगी तुलाचन, सुजा गौचन, सन्तोषी गौचन, सञ्जिव गौचन, जयकार शेरचन, दिलिप गौचन, दिनेश शेरचन, हिक्मत गौचन, बसन्त गौचन, श्याम गौचन, उदय गौचन, लेनिन भट्टचन, सुरज शेरचन, बिजय गौचन, अरुण भट्टचन, श्याम भट्टचन, बिकल भट्टचन चयन हुनुभएको छ भने सल्लाहाकार समितिमा ध्रुव भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचन, बिनोद शेरचन, दिपक भट्टचन र प्रकाश तुलाचन रहनुभएको छ । यसैगरि संरक्षकमा डा. योगेन तुलाचन यथावत हुनुहुन्छ ।

२० औं साधारण सभाका प्रमुख अतिथि र सभापतिको आषण ग्रहणबाट शुरु गर्दै कोषाध्यक्ष बुद्धि गौचनले समितिको बार्षिक आर्थिक आयब्यय प्रतिवेदन, महा-सचिव अनिल भट्टचनले बार्षिक गतिबिधिको प्रतिवेदन लगायत अध्यक्ष शरद कुमार गौचनले हालसम्म भए गरेका गतिबिधि, समिक्षा सहित भावि कार्यनीतिको बिषयमा प्रकाश पार्नुभएको थियो ।

साथै बिभिन्न उपसमितिका संयोजकबाट पनि आ-आफ्नो समितिका कार्यप्रगति विवरणहरु पेश गर्दै आर्थिक पक्षको एजेन्डामा बिशेष महत्वकासाथ गहन छलफल गरिएको थियो ।

उक्त सभाको हलबाटै प्रत्येक एजेन्डा र विषयगत बुंदाहरुमा एकएक गरि सर्वसम्मतिबाटै पारित गर्दै थपडिको ओईरो लागेकोले हल गुन्जामान भएको थियो ।

थसेसको बार्षिकि कार्यक्रम मध्येको एक बार्वेक्यु (बनभोज) कार्यक्रम आउदो जुलाई २४ तारिख आईतबारका दिन सिन्किबास्थित समुद्रको छेउमा आयोजना गरिने निर्णय समेत उत्त सभाबाट तय गर्दै बार्वेक्यु कार्यक्रमका संयोजकको लागि नपेन्द्र भट्टचन र सह-संयोजक गोविन्द तुलाचनलाई किटान गरिएको छ । साथै सदस्यहरुमा बुद्धि गौचन, अनिल भट्टचन, दिपक गौचन, राजु शेरचन, सञ्जिव गौचन, दिपक भट्टचन र मोचिजुकि कियोहिको सहित अन्य आवश्यक सदस्यको लागि संयोजकले तर्जुमा मिलाउन सक्ने गरि सबै जिम्मा दिईएको बताईएको छ ।

स्मरण रहोस, गत ५ मेईमा सम्पन्न २० औं शुभकामना साँझ भुकम्प, सुनामी एवं विकिरण पिडितको सहयोगार्थ आयोजना भएको सो कार्यक्रमका संयोजक एवं प्रवक्ता राजु शेरचनद्धारा पनि आफ्नो उपसमितिको प्रगति विवरण पेश गर्नुहुदै तोहोकुको केसेन्नुमाबासि सुनामी पिडित सोहन तुलाचन (मनोज) लाई १ लाख एन, थसेस जापानको तर्फबाट संयोजक शेरचनले सभाहलमा नै श्री तुलाचनलाई हस्तान्तरण गर्नुभएको थियो ।

साथै बिनाशकारी सुनामीबाट प्रभावित तुलाचनलाई थसेसको सानो आर्थिक मद्धतले यस दैविप्रकोपमा परेका बिपत्तिको घडिमा आत्मबल प्रदान गर्नुका साथै भविष्यमा निरन्तर मुकाबिला गर्दै आफ्नो लक्ष प्राप्तिका लागि कत्तिपनि बिचलन नभई क्रियाशिल रहनुहुन अनुरोध सहित सफलताको लागि हार्दिक शुभकामना पनि दिनु भएको थियो ।

महा-सचिव अनिल भट्टचनले सञ्चालन गर्नु भएको उत्त कार्यक्रमको अन्तमा आजिएन नामक रेष्टुरेन्टबाट उपलब्ध गराईएको ठेट नेपाली खाना संग रमाउदै सौहार्दपुर्ण बातावरणमा सभापतिद्धारा कार्यक्रम समापन गरिएको थियो ।

प्रकाशित अनलाईन मेडियाको निम्नबमोजिम लिन्कहरु......


समुद्रपारि डटकम


वुईलभनेपाल डटकम


टोक्योनेपाल डटकम


नेपालब्रिटेन डटकम


डिसिनेपाल डटकम

No comments: