Thursday, November 1, 2012

टाईशिटको लागि गोला प्रथामा उपस्थित आब्हान

सरद डायरि । बिहिबार, कात्तिक १६, २०६९
अर्को महिना टोकियोमा हुन गईरहेको भलिबल प्रतियोगितामा भाग लिनको लागि ९ टिमले आफ्नो नाम दर्ता गराएको कुरा आयोजक सँस्था थकाली सेवा समिति जापानले जनाएको छ । सहभागिताको लागि तोकिएको अन्तिम नाम दर्ता मितिसम्ममा ९ टिमले आफ्नो नाम दर्ता गराएका हुन् ।
थकाली सेवा समिति जापानको आयोजनामा आगामी डिसेम्वर २ तारिख आईतबारका दिन टोकियोको सागिनोमिया ताईकुकानमा जापानबासी नेपालीहरुबिच पहिलो पटक हुन गईरहेको "मैत्रीपूर्ण भलिबल प्रतियोगिता"  को टिम दर्ता प्रक्रिया समापन भईसकेको जानकारी गराउदैं प्रतियोगिताको लागि समयसिमा अघि नै निर्धारित टिमको दर्ता प्राप्त भएकोले दर्ता प्रक्रिया समाप्त गर्नुपरेको सो संस्थाले जनाएको छ । उक्त कुरा प्रतियोगिताका संयोजक लेलिन भट्टचनद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको हो ।
बिज्ञप्तीका अनुसार नाम दर्ता हुन आएका टिमहरुमा थकाली सेवा समिति, गल्कोट समाज, जापान नेपाल युथ क्लब, उई फर अल, म्याग्देली सञ्जाल, आईएनसीजे, कावासाकी युनाईटेड, नेपाल मगर संघ र गोल्डेन नेपाल युवा क्लव गरी ९ टीम रहेका छन ।
प्रतियोगिताको बिजयी टिमलाई नगद १ लाख २० हजार एन (१२ मान) र दोस्रो हुने टिमलाई नगद ६० हजार एन (६ मान) ट्रफि, मेडल र प्रमाण-पत्र बितरण गरिनेछ । त्यसै गरि सर्वोकृष्ठ खेलाडि (एमभीपी) आदिको पुरस्कारहरुको पनि ब्यबस्था गरिएको जनाईएको छ ।
प्रतियोगिताको लागि नाम दर्ता हुन आएका टिमहरुबिच आउदो नोभेम्वर ३ तारिख शनिबारका दिन कावासाकि मारिन खेल मैदानमा गोला प्रथाद्वारा टाईसिट निर्धारण गरिने भएकोले उत्त गोला प्रथामा सम्बन्धित टिमका एक-एकजना प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । प्रतिनिधिहरुको उपस्थिति नभएमा आयोजकको तर्फबाट निष्पक्ष ढंगले गोलाप्रथाद्वारा टाईसीट सार्वजनिक गरिने भएको छ ।
उक्त प्रतियोगिता नेपालका असहाय तथा बृद्धाहरुको ब्यबस्थापन तथा सामाजिक कल्याण गुठी (आमाको घर) को सहयोगार्थ आयोजना गर्न लागिएको कुरा आयोजक संस्थाका अध्यक्ष शरदकुमार गौचनले बताउनुभएको छ ।
यस प्रतियोगिताबाट जापानको मेशिनसरहको चिनचर्यालाई केहि हद भएपनि राहत तथा मनोरञ्जन प्रदान गर्नुका साथै स्वस्थ्यका लागि खेलकूदको महत्व दर्शाउने छ भने जापानवासी नेपाली बिचको आपसी समझदारी, भाइचारा एवं  नयां प्रतिभाहरुको चिनारी, अन्तरसंस्था बिच बिचारहरुको आदानप्रदान र परस्पर सम्बन्ध अझै मजबुत तुल्याउने अपेक्षा गरिएको अध्यक्ष गौचन बताउनुहुन्छ ।
बिदेशी भूमिको अत्यन्तै ब्यस्तता र अनेकौ समस्याका बावजुद पनि यस पहिलो “मैत्रीपूर्ण भलिबल प्रतियोगिता” लाई सफल बनाउन जापानबासी आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आपसी सहयोग तथा सदभावनालाई ध्यानमा राखेर सहयोग गरिदिनुहुन र प्रतियोगितामा उपस्थिति जनाएर खेलाडिहरुलाई सहानुभुति प्रकट गरिदिनुहुन पनि आयोजकहरुद्वारा हार्दिक अनुरोध गरिएको छ।
 
अनलाईनमा प्रेषित समाचार तलतिर जस्ताकोतस्तै.....

No comments: