Friday, October 19, 2012

थसेस जापानको सहयोगमा बृत्तचित्र “लक्ष्मी”पञ्चकोशी समाजमा प्रदशन

सरद डायरि । बिहिबार, कार्तिक २, २०६९ 

 
एड्स रोग नियन्त्रण संघ कास्की द्धारा निर्मित एच.आई.भी. एड्स तथा लागु पदार्थ सम्बन्धी जनचेतनामुलक बृत्तचित्रलक्ष्मी पञ्चकोशी(आर्थर डाँडाखर्क) समाज घरमा बुधबार प्रदशन भएको छ ।बिजया दशमी तथा शुभ-दिपावलीको अबसरमा पञ्चकोशी (आर्थर डाँडाखर्क) समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा एड्स रोग नियन्त्रण संघ कास्कीका पदाधिकारी सदस्य एवं पञ्चकोशी समाजका अध्यक्ष क्या. चिनबहादुर गुरुङको सक्रियातामा बृत्तचित्र प्रदशन भएको हो । प्रदशन कार्यक्रम पश्चात तमुधीं नेपालका महासचिब देविलाल तमुले उपस्थित सम्पुर्ण महानुभावहरुलाई सहयोगको लागि आव्हान गर्दै उहाले यो बृत्तचित्र युवायुवती समक्ष प्रदशन गर्दा अझ प्रभावकारी हुने सुझाव एड्स रोग नियन्त्रण संघलाई दिदै उहाले थप्नुभयो बाबुआमाले किसोर अबस्थामा आफ्ना बालबालीकाहरुको बिशेष ख्याल नराखेमा किसोरकिसोरीहरु लागुपदार्थको कुलतमा फस्न सक्छन । त्यस्तै उत्त समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका सभापती क्या. लालप्रसाद तमुले समाजको तर्फबाट रु पाँच हजार नगद रकम सहयोग गर्दै बृत्तचित्रले एच.आई.भी. एड्सको बारेमा जनचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बृत्तचित्र प्रदशन पश्चात एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष एवं नानगानका पश्चिमाञ्चल संयोजक विश्वमोहन गौचनले भन्नुभयो एच.आई.भी. एड्स र लागु पदार्थको न्युनिकरण गर्नको लागि आभिभावक तथा बावुआमाले आफ्नै घरमा कम्तीमा पनि महिनाको एकपटक परिवारको लागि सचेतना कार्यक्रम अनिबार्य रुपमा सञ्चालन गर्नुपर्छ। साथै एच.आई.भी.एड्स बारे जनचेतना जगाउनको लागि आफु सदैव तत्पर रहेको बताउदै एच.आई.भी. एड्सबारे सजग रहन सम्पुर्णलाई आग्रह गर्दै बिजया दशमी एवं शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै उत्त कार्यक्रममा लागु पदार्थ संम्बन्दी मुक्तिबृतचित्र पनि प्रदशन गरिएको थियो । पञ्चकोशी आर्थर डाँडाखर्क समाजका अध्यक्ष क्या. लालप्रसाद तमुको अध्यक्षतामा सम्पन्न उत्त कार्यक्रममा करिवन १५० जनाको उपस्थिती रहेको थियो ।
स्मरण रहोस, एच.आई.भी. एड्स रोग नियन्त्रण सम्बन्धि जनचेतना मुलक लक्ष्मीनामक बृतचित्रको निर्माणमा थकाली सेवा समिति जापानले पनि आर्थिक सहयोग गरेको थियो । साथैबिगत ५ बर्ष देखी थसेस जापानको सहयोगमा नेपालको बिभिन्न जिल्ला, गाउहरुमा घुम्ते प्रदशनि अभियानमा सक्रिय रुपमा जुतिरहेको छ । दर्जनौ बढि जिल्लाहरुमा पटक, पटक दिर्घकालिन योजनाको रुपमा प्रदशन भईरहेको यस प्रोजेक्टले जनचेतनामा बृढि गर्दै एच.आई.भी. एड्सको संख्या घटाउनुमा ठुलो मद्धत पुगेको थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले बताउनुहुन्छ ।
नेपालजापान डटकम
समुद्रपारि डटकम

No comments: