Friday, January 11, 2013

थसेस जापानले "आमाको घर" लाई सम्मान र आर्थिक सहयोग प्रदान गर्यो ।

सरद डायरि । बिहिबार, पौष २६, २०६९
सधै झै अति नै दु:ख, कष्ट र आफ्नो बचेको समय दिई पकेटको खर्च समेत गरेर दुनिया संग हात जोडि कार्यक्रम तय संगै सबै प्रवन्ध मिलायो । सबै ठिक्क पारिदिए पश्चात खबरै बिना आफुखुशी गर्दा त... तातो न छाडो ! आफ्नो दुनो सोझ्याई कानमा तेल हालेर !! आनन्द संग जापानी एन खल्तिमा कोचेर बसौं कि जस्तो पनि लाग्छ यार कहिले काहि त !!! (तर क्यार्नु आफुले नगरे कल्ले गर्ने, कंञ्चड टाँते पनि)... 
यसो दिमाग चिस्याएर हिसाब गर्या त आफ्नो कार्य अबधि पनि अब धेरै नभएकोले कार्यकाल भर धैर्यका साथ बिचलन नभई एकदुई बोलि, गोलि र थप्पड समेत सहने मनशायका साथ अघि बढ्ने मनसाय चाहि बनाए है ।

जेहोस, आज जनवरि १० तारीख बिहिबारका दिन  थसेस जापानले नेपालको थकाली समाज घरमा आर्थिक सहयोग सम्पन्न गरेको कार्यक्रमको समाचार केहि अनलाईन पोर्टगलहरुमा प्रेषित गरे जुन तलतिर जस्ताको तस्तै.....








गत जनवरि १० तारिख बिहिबारका दिन थकाली सेवा समिति जापानले एक सम्मान कार्यक्रमको आयोजना गरि "आमाको घर" का अध्यक्ष तथा समाजसेवी दिलशोभा श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
विनायक बस्ति बालाजु स्थित थसेस नेपालको भवन परिसरमा सम्पन्न उत्त कार्यक्रम, थसेस जापानले गत बर्षको डिसेम्वर २ तारीखका दिन जापानमा ऐतिहासिक रुपमा सम्पन्न गरेको "प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता" बाट बचेको रकम हो ।
उत्त प्रतियोगिताबाट उठेको रकम ३०, ००० (तिस हजार) र अध्यक्ष शरद कुमार गौचनले ११,१११ (एघार हजार एकसय एघार) , सल्लाहाकार बिजय गौचनले १०,०००(दश हजार) र सह-कोषाध्यक्ष घनश्याम भट्टचनबाट ५,००० (पाच हजार) प्राप्त चन्दा रकम सहित जम्मा ५६,१११ (छपन्नहजार एकसय एघार) नेपाली रूपैयाँको चेक र सम्मान पत्र प्रदान गरिएको हो ।
निस्वार्थ भावनाले लामो समयदेखि घरवारविहिन असाहाय वालवालिका तथा वृद्धबृद्धाहरूलाई आमाको न्यानो घरमा आश्रय दिई मानवसेवा दिदै आइरहनु भएकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई थसेस जापानका महासचिव राजु शेरचनको हातवाट उक्त रकम हस्ताण्तरण गरिएको थियो ।
सोही अवसरमा थसेस केन्द्रका अध्यक्ष खगेन्द्र भट्टचन, नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन, थसेस काठमाडौं क्षेत्रका अध्यक्ष रमेश गौचन, थकाली युवाका अध्यक्ष अमृत गौचन, थसेस जापानका विशेष सल्लाहाकारद्धय ध्रुव भट्टचन
एवं शरद शेरचन, केन्द्रिय पदाधिकारीहरू, महिला परिवारका प्रतिनिधि साथै अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचनले आफ्नो स्वागत भाषणमा थसेस जापानद्धारा पटक पटक विभिन्न संघ संस्थाहरूलाई गर्दै आइरहेको आर्थिक सहयोग एक उल्लेखनिय योगदान भएको र आजको यस मितिमा निस्वार्थ भावनाले संचालित “आमाको घर” नामक संस्थालाई गरेको आर्थिक
सहयोग प्रशंसनिय र सराहनिय कार्य भएको अभिव्यक्ति ब्यक्त गर्नुभयो । महासचिव राजु शेरचनले जापानमा सम्पन्न गरिएको भलिवल प्रतियोगितावाट उठेको रकम र चन्दादाताबाट प्राप्त रकम सहित थोरै भएपनि मानवसेवामा समर्पित "आमाको घर" को अध्यक्ष दिलशोभा श्रेष्ठलाई हस्ताण्तरण गर्न पाउदा आफु र आफ्नो संस्था थसेस जापान हर्षित भएको बताउनु भयो । “आमाको घर” का अध्यक्ष तथा समाजसेवी दिलशोभा श्रेष्ठले जापानमा आएको महाभूकम्प, सुनामीलगायत कमजोर अर्थतन्त्रका कारण आएको आर्थिक बिपत्तिका वावजुद सहयोगका हात प्रदान गर्नुभएकोमा सहयोग गर्ने सम्पूर्ण थकालीहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रम संचालक तथा सचिव पानस गौचनले थसेस जापानका अध्यक्ष शरद कुमार गौचनवाट प्राप्त सन्देश वाचन गर्नुहुदै अन्तमा सभाका सभाध्यक्ष नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचनले थसेस जापानले गरेको आर्थिक सहयोगको प्रशंसा गर्नुका साथै सहयोग गर्नुहुने जापानवासी नेपालीहरूलाई धन्यवाद दिनुभयो र थसेस जापानले आगामी दिनहरूमा पनि सहयोगका हात बढाउने नै छ भन्नेमा विश्वस्त रहेको विचार व्यक्त गर्दै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।


No comments: