Thursday, March 14, 2013

एमआरपि (मेसिन रिडियबल पासपोर्ट) राहदानीको सुचना

सरद डायरि । बिहिबार, चैत्र १, २०६९
जापानका लागि नेपाली दुताबास जापानद्धारा सुचित सुचना अनुसार नेपाली राहदानी आवेदन गर्नका लागि चाहिने आवश्यक कागजपत्रहरुको बारेमा जानकारी प्राप्त भएको छ । नेपाली राहदानीका लागि आवेदन प्रक्रिया अझ ब्यवस्थित गर्नका लागि आवश्यक कागजपत्रको बारेमा पुन आजको मितिमा जानकारी दिईएको दुतावासले जनाएको छ ।

नेपाली राहदानीका लागि पेश गरिएका कागजपत्र जाच गरि राहदानी छपाईका लागि राहदानी विभाग काठमाण्डौ पठाउने र त्यहा बाट छापेर आउदा सामान्यतया २ महिना लाग्ने हुनाले राहदानीको म्याद समाप्त हुने समय अगावै आवेदन गर्नका लागि राजदुतावास जापानले सम्पुर्ण सम्बन्धित महानुभावहरुलाई अनुरोध गरेको छ ।

प्राप्त सुचनाको ब्यहोरा तलतिर जस्ताको तस्तै...

 

No comments: