सरद डायरि । शुक्रबार, फागुन २५, २०६९

जस अनुसार पहिलो दिन थकालीको देवताको पुजा आजा र परम्परागत खेल धनुषवाण खेल्ने तथा अर्को दिन बार्षिक साधारण सभा एवं विविध सांस्कृतिक कार्यक्रमको लागि २ दिने "तोरन्ल्ह" पर्व भब्यताका साथ मनाउन गईरहको कुरा बताईएको छ ।
अध्यक्ष शरद कुमार गौचनका अनुसार थकाली सेवा समिति जापान २२ औं बर्षमा प्रवेश गरेको सहर्ष जानाकारि गराउदै, आफ्नो मौलिक सामाजिक संस्कारलाई बिशेष ध्यानमा राख्दै जापानमा पहिलो चोटि थकालीहरुको परम्परागत धनुषबाण खेल, बिशिष्ट आफ्नै खानपिनका परिकारले देवतालाई पुजा गर्ने संस्कार सहित महान चाड "तोरन्ल्ह" २ दिने कार्यक्रम गर्न गईरहेकोमा खुशि ब्यक्त गर्दै जापानबासी आम थकालीहरु तथा अन्य नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ ।
हाम्रो संस्थाले आफ्नो मौलिक सामाजिक संस्कारलाई बिशेष मध्य नजर राख्दै सधै नाचगान वा मनोरञ्जन कार्यक्रममा मात्र सिमित नरहि नया, नौलो, परिवर्तित समय अनुकुल एवं सदस्यहरुको चाहाना, भावना, रुची अनुसार गत बर्ष जापानबासी नेपालीहरु बिच दैवी प्रकोप र अध्यागमन संम्बन्धि १ दिने सेमिनार तथा प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता जस्ता तमाम नौलो र ऐतिहासिक कार्यक्रम बिगतमा सम्पन्न गरिसकेको छ । सोहि अनुरुप हालको जापानको माहोल र परिस्थिति अनुसार थसेस जापानले प्रत्येक बर्ष तोरन्ल्हको अबसरमा नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रीत गरि आयोजना गर्ने गरेको शुभकामना साँझ यस बर्ष स्थकित गरिएको कुरा पनि जानाकारि गराउदछौं भन्नु भएको छ ।
साथै बिदेशमा छरिएर रहेका थकालीहरु तथा नेपाली दाजुभाई, दिदी बहिनीहरु बिचको पारस्परिक संम्वन्ध, स्वच्छ र मित्रता पुर्ण भावना तथा थकाली जातिको पहिचान, अस्तित्व एवं कला, संस्कृति र भेषभुषाको उचित संरक्षण, संम्वद्धन गर्ने यस समितिको मुल उदेश्य रहेको पुन स्मरण गराउदै यस कार्यको ब्यबस्थापन र कार्यान्वयनमा सधै दृढ सकल्प सहित अगाडि बढ्ने प्रतिबद्धता जनाउदछौ , यस पवित्र अभियानमा जुटेको थसेस जापानको आउदो अप्रिल ७ तारीखमा हुन गईरहेको ११ औं अधिवेशनमा आगामि कार्यकालको लागि समितिमा रहेर समाज सेवा जस्तो यस पवित्र कार्यमा समर्पित रहन ईच्छुक थकाली महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौं, अध्यक्ष गौचनले बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
कार्यक्रमको बिवरण
१) थकाली देवताको पुजाआजा तथा धनुषबाण खेल - मार्च ३१, २०१३ (आईतबार)
२) बार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम - अप्रिल ७, २०१३ (आईतबार)
पुनश्च : समय स्थान अन्य आवश्यक बिस्तृत बिबरण अर्को सुचना संम्प्रेषण गरि जानाकारि गराईने छ ।
No comments:
Post a Comment