सरद डायरि । शनिबार, अषाढ ०१, २०७०
गत बर्ष थकाली सेवा समिति जापानले जापानमा पहिलो चोटि आयोजना गरेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता वृहत रुपमा सम्पन्न गरेको स्मरण गराउदै, यस बर्ष पनि थुप्रै खेलाडि तथा सुभेच्छुकहरु एवं संम्बन्धित महानुभावहरुबाट आयोजना गर्न अनुरोध र धेरै पोजेतिभ प्रतिक्रिया प्राप्त भएकोले आयोजना गर्नै पर्ने माहोलको श्रीजना भएको छ । त्यसैको लागि गत बर्ष ठुलो सहयोग गर्नुहुने नाकानो भलिवल एसोसिएसनलाई पुन अनुरोध सहित उहाहरुको बिचार संगै सरसल्लाहको लागि आज सानो बैठक बसियो ।
थुप्रै कुराहरुको समिक्षा सहित हामि नेपाली र जापानी बिचको ठुलो सोचको अन्तर, विविध कठिनाई परिस्थिति भएता पनि सक्दो उहाहरुले सहयोग गर्नुहुने बचन चाहि दिनु भएको छ ।
साथै हाम्रो तर्फबाट पुर्ण ब्यबस्थितका साथै एक उदाहरणीय प्रतियोगिताको रुपमा निरन्तरता दिने सोच सहित बैठक समापन गरियो ।
उत्त बैठकको केहि झलकहरु तलतिर जस्ताको तस्तै.....
फोटो : ओकामोतो युको मल्ल दिदी



No comments:
Post a Comment