Monday, June 3, 2013

सगरमाथा हिरक महोत्सब सहयोगीलाई नेपाली दुताबास टोक्योले सम्मान गर्यो ।

सरद डायरि । सोमबार, जेठ २०, २०७०
जापान स्थित नेपाली दुताबास टोक्योले सगरमाथा आरोहण गरेको ६०औं बर्ष पुगेको उपलक्ष्यमा सगरमाथा हिरक महोत्सव, २०१३ जुन १ र २ तारीखमा  भब्यताकासाथ सम्पन्न गरेको छ । उत्त कार्यक्रम सम्पन्न गर्न जापानमा रहेका संघसंस्था तथा बिभिन्न ब्यक्तित्वहरुबाट अहम भुमिका निर्वाह गरेको एवं थुप्रै सहयोग प्राप्त गरेकोमा खुशि ब्यक्त गर्दै उत्त अबसरमा नेपाली दुताबास टोक्योले सहयोगी महानुभावहहरुको लागि एक डिनर रिसेप्सन र स-सम्मान गरेको थियो ।
सोहि अबसरमा मलाई पनि उत्त सम्मान प्राप्त भएकोमा थप सामाजिक सेवा गर्न तथा नेपाल र नेपालीको बृहत्तर बिकाशको लागि शसक्त रुपमा अघि बढ्को लागि प्रेरणा मिलेको छ । महामहिम राजदुत डा. मदन कुमार भट्टराई लगायत दुताबास परिवारका साथै नेपाल देखी यस कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि एवं पर्यटन मन्त्री राम कुमार श्रेष्ठ दम्पतिलाई पनि हृदय देखी नै हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

 
 

 
फोटो : ओकामोतो युको दिदि (उहा पनि सम्मानित हुनु भएको थियो )


No comments: