Friday, November 1, 2013

भलिबल प्रतियोगितामा १३ टिमले भाग लिने र टाईसीटको लागि गोलाप्रथामा भाग लिन आब्हान ।

सरद डायरि । शुक्रवार, कात्तिक १५, २०७०
दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा १३ टिमले भाग लिने गोलाप्रथामा उपस्थिति अनुरोध सहित तपसिल समाचार संम्प्रेषण ब्यबस्थापन सम्पन्न गरे ।
बिस्तृत तलतिर जस्ताको तस्तै....
भलिबल खेलको बिचबिचमा जापानी चिएर गर्लहरुको नृत्य प्रदर्शन हुनेछन
आगामी डिसेम्वर १ तारीख आईतबारका दिन टोकियोमा हुन गईरहेको दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा भाग लिनको लागि १३ टिमले आफ्नो नाम दर्ता गराएको कुरा आयोजक सँस्था थकाली सेवा समिति जापानले जनाएको छ।
सहभागिताको लागि तोकिएको अन्तिम नाम दर्ता मिति सम्ममा थुप्रै टिमले मनसाय ब्यक्त गरेता पनि प्रतियोगिता गर्न सकिने क्षमता र ब्यबस्थापनलाई मध्यनजर राखी बिधिबत रुपले १३ टिमलाई नाम दर्ता गराएको कुरा संयोजक लेलिन भट्टचनद्धारा जारि गरिएको बिज्ञप्तिमा जनाईएको छ।
बिज्ञप्तीका अनुसार, टोक्योको सागिनोमिया ताईकुकान (ईन्डोर खेल मैदान) मा जापानबासी नेपालीहरुबिच दोस्रो पटक हुन गईरहेको यस मैत्रीपूर्ण भलिबल प्रतियोगिताको टिम दर्ता प्रक्रिया समापन भईसकेको जानकारी गराउदैं प्रतियोगिताको लागि समयसिमा अघि नै निर्धारित टिमको दर्ता प्राप्त भएकोले दर्ता प्रक्रिया समाप्त गर्नुपरेको जनाईएको छ।
नाम दर्ता गराएका टिमहरुमा थकाली सेवा समिति, अन्तराष्ट्रिय नेपाली समाज, तमुधीं जापान, पुन युवा क्लव जापान,एभरेष्ट ईन्टरनेशनल स्कुल, नेपाल मगर संघ, गल्कोट समाज, जापान नेपाल युथ क्लव, म्याग्देली सञ्जाल, उई फर अल, गोल्डेन नेपाल युवा क्ल , कावासाकी युनाईटेड र नेपाली जनसम्पर्क समिति जापान गरी १३ टीम रहेका छन। प्रतियोगिताको बिजयी टिमलाई नगद १ लाख एन (१० मान) र दोस्रो हुने टिमलाई नगद ५० हजार एन (५ मान) ट्रफि, मेडल र प्रमाण-पत्र बितरण गरिनेछ।
त्यसै गरि सर्वोकृष्ट खेलाडि (एमभीपी) आदिको पुरस्कारहरुको पनि ब्यबस्था गरिएको जनाईएको छ। प्रतियोगिताको लागि नाम दर्ता हुन आएका टिमहरुबिच यहि आउदो नोभेम्वर ३ तारिख आईतबारका दिन ईकेबुकुरो स्थित मिराईकान डाईमेई ईन्डोर खेल मैदानमा गोला प्रथाद्धारा टाईसिट निर्धारण गरिने भएकोले उत्त गोला प्रथामा संम्बन्धित टिमका एक-एकजना प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।
प्रतिनिधिहरुको उपस्थिति नभएमा आयोजकको तर्फबाट निष्पक्ष ढंगले गोलाप्रथाद्धारा टाईसीट सार्वजनिक गरिने जनाईएको छ। आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनका अनुसार यस भलिबल प्रतियोगिता, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा एवं मुस्ताङ्ग जिल्लामा हुन गईरहेको निशु:ल्क स्वास्थ शिविरको सहयोगार्थ रहेको बताउनुभएको छ। अध्यक्ष गौचनका अनुसार यस प्रतियोगिता पश्चात मुस्ताङ्ग जिल्लाको बिभिन्न क्षेत्रमा तिन दिने बृहत नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरि ३,००० बढि स्थानियबासीलाई उपचार तथा औषधी बितरण गर्दै राहत प्रदान गरिने पनि जनाईएको छ।
साथै, यस प्रतियोगिताले जापानको मेशिनसरहको दिननचर्यालाई केहि हद भएपनि मनोरञ्जन प्रदान गर्न बिशेष प्रस्तुति सहित जापानमा पहिलो पटक प्रतियोगितामा चिआरलिडिङ्ग क्य्रु नामक चिआर गर्लहरुको पेशेवर सामुहिक खेलको बिचबिचमा नृत्यको प्रदर्शन गराईने प्रवन्ध मिलाईएको पनि जनाईएको छ। साथै जापानवासी नेपाली बिचको आपसी समझदारी, भाइचाराको भावना एवं नयां प्रतिभाहरुको चिनारी, अन्तरसंस्थाको बिचमा बिचारहरुका आदानप्रदान र परस्पर सम्बन्ध अझै मजबुत बनाउने अपेक्षा गरिएको पनि अध्यक्ष गौचनले बताउनु भएको छ।
बिदेशी भूमिको अत्यन्तै ब्यस्तता र अनेकौ समस्याका बावजुद पनि थसेस जापानले आयोजना गर्न गईरहेको यस “दोस्रो मैत्रीपूर्ण भलिबल प्रतियोगिता” लाई सफल बनाउन जापानबासी आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आपसी सहयोग तथा सदभावनालाई ध्यानमा राखेर सहयोग गरिदिनुहुन र प्रतियोगितामा उपस्थिति जनाएर खेलाडिहरुलाई सहानुभुति एवं हौसला प्रदान गरिदिनुहुन पनि आयोजकहरुद्धारा हार्दिक अनुरोध गरिएको छ।
 
टोक्योनेपाल डटकम
 
वुईलभनेपाल डटकम
 
नेपालजापान डटकम
 
डिसिनेपाल डटकम
 
समुद्रपारि डटकम

नेपालसन्देश डटकम

No comments: