Saturday, November 9, 2013

थसेस जापानद्धारा आयोजित दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको टाईसीट सार्वजनिक

सरद डायरि । शुक्रवार, कात्तिक २२, २०७०


थकाली सेवा समिति जापानले टोकियोमा हुन गइरहेको भलिवल प्रतियोगिताको टाईसीट सार्वजनिक गरेको छ ।
आगामी डिसेम्बर १ तारिक आईतबारका दिन हुन गइरहेको उक्त भलिवल प्रतियोगिताको टाईसीट, खेलमा सहभागी हुने टिमको प्रतिनिधीहरूको उपस्थितिमा सार्वजनिक गरेको हो ।
उक्त प्रतियोगिताको संयोजक लेलिन भट्टचनका अनुसार गोला प्रथाद्धारा तयार गरिएको टाईसीट बमोजिम "ए" खेल मैदानमा ६ टिम र "बि" खेल मैदानमा ७ टिमलाई एकैचोटि प्रतिस्पर्धा गराईने छ । "ए" खेल मैदानमा पाँचौ पटक  र "बि" खेल मैदानमा छैठौं पटक सहभागी टिमहरुले प्रतिस्पर्धा गर्नुपर्नेछ । निर्णायक खेलको रुपमा "ए" खेल मैदानको पहिलो टिम र "बि" खेल मैदानको पहिलो हुने टिमलाई फाईनल खेलको रुपमा प्रतिस्पर्धा गराई बिजयी घोषणा गरिनेछ ।
समाजका अध्यक्ष शरद कुमार गौचनका अनुसार सहभागीहरूलाइ निश्पक्ष, धाँधलीरहित तथा स्वच्छ प्रतिस्पर्धा गराउनको लागि एवं विवाद रहित प्रतियोगितालाई लक्षित गर्दै खेल हुने दिनमै प्रतियोगिताको निर्देशिका पनि सार्वजनिक गरिने बताउनु भएको छ । उक्त दिन भलिवल प्रतियोगिताको प्रमुख अतिथिका रुपमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई तथा विशेष अतिथिका रुपमा टोकियो, नाकानो भलिवल एसोसिएसनका अध्यक्ष ईचिकावा मिनोरुको पनि उपस्थिति रहने जनाईएको छ । अध्यक्ष गौचनका अनुसार ठिक समयमा खेल शुरु गरिने भएकोले बिशेषगरी सहभागी टिमलाई अनिवार्य तोकिएको समयमा खेल मैदानमा उपस्थिति भई सहयोग पुर्याउन आब्हान गर्नुभएको छ ।
स्मरण रहोस उक्त दिन खेलको विचविचमा अन्य मनोरन्जनात्मक प्रस्तुतीहरू पनि देखाइने आयोजकले जनाएको छ ।

NEWS
समुद्रपारि डटकम
नेपालसन्देश डटकम
नेपालजापान डटकम


UPCOMMING EVENTS
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम

No comments: