Friday, May 2, 2014

एमआरपी संम्बन्धि सुचना

सरद डायरि । बिहिबार, बैशाख १८, २०७१

आज नेपाली दुतावास टोक्योबाट तपसिल सुचना प्राप्त भयो । हामी जापानबासी नेपालीको लागि आवश्यक र संम्बन्धित भएको कारण केहि सदस्यहरुलाई कमन मेल मार्फत सु-सुचित भयो ।
जुन तलतिर जस्ताको तस्तै....
केही समययता मेसिनले पढ्ने राहदानी (एमआरपी)को आवेदन गर्नेहरुले प्रयोग गरिरहेको राहदानी विभागको वेभसाइट www.dopmofa.gov.np मा हाल समस्या आएको हुँदा त्यहाँ संग्रहित विवरण विभागको पूर्ववर्ती रुप केन्द्रीय राहदानी कार्यालयको वेभसाइट www.cpo.gov.np मा समेत कायम रहेको जापानस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।सूचनामा सो वेभसाइटमा राहदानी फारम भर्न वा डाउनलोड गर्न, फारम भर्ने जानकारी लिन, राहदानी फारम सही तरिकाले प्रिन्ट गर्ने जानकारी लिन, फोटोको मापदण्ड आदि समेत सबै जानकारी लिन सकिने उल्लेख छ ।
साथै राजदूताबासको वेभसाइटमा लिंक गरिएको राहदानी विभागको वेभसाइट समेत केही समयका लागि नखुलिरहेको सन्दर्भमा समेत केन्द्रीय राहदानी कार्यालयको वेभसाइटबाट राहदानी सम्बन्धी जानकारी यथावत रुपमा प्राप्त हुने जानकारी सबैमा गराइएको छ ।

No comments: