Wednesday, August 5, 2015

कोतोहानावि टाईखाई नामक पटेका पट्काउने जापानी सांस्कृतिक पर्व

सरद डायरि । मंगलबार, श्रावण १९, २०७२
कोतोकुमा कोतोहानावि टाईखाई नामक पटेका पट्काउने कार्यक्रममा म, मेरो परिवार लगायत सहभागि भयौं । साधरणतय जापानको गर्मियाम अर्थात जुन देखी अगष्ट २ महिनाको अन्तरालमा बिभिन्न ठाउको सामुद्रिक स्थलबाट पटेका पट्काएर आगन्तुकलाई मनोरञ्जन दिलाउने सांस्कृतिक पर्व हो यो "हानावि", "हाना" भनेको (फुल) र "वि" भनेको (आँगो) अर्थात आँगोको फुल को अर्थ लगाईएको यो पटेका पट्काउने पर्वमा ठुलो समुहमा बच्चा देखी बुढाबुढि सम्मकाहरु पार्क वा नजिकको स्थलमा ग्रुपमा बसेर पिकनिक जस्तै खानपिन गर्दै "युकाता" नामक पातलो कपडाबाट बनेको माथी देखी तलसम्म एकै पिसको रङ्गिनात्मक ड्रेस र "गेटा" नामक खुट्टामा काठको अग्लो बिशेष खालको चप्पल लगाउने प्रचलन छ ।
यस कोतोकु हानावि सधै सहभागि जनाउने गरेको छु, कारण यस कार्यक्रमको नजिकै मेरो आफ्नै बहिनिको बसोबास भएकोले उनिले जहिले पनि बोलाउने र छिटै गएर ठाउ नजिकै मनोरम स्थलमा पाउने भएकोले पनि प्रत्येक वर्ष जस्तै सहभागि जनाउने गरेको छु ।
प्राय हानावि कार्यक्रम ठुलो घुईचोलाग्ने र अब्यस्थित ठाउ र थकाई लाग्ने हुनाले जापान आगमनको समयमा धेरै ठाउमा जाने गरेता पनि आजकल भने यहि एउटालाई मात्र सिमित गरेको छु ।
जेहोस, त्यतिखेरको केहि झलकहरु तलतिर...
 



 


 


 


No comments: