Monday, August 1, 2016

थसेस जापानको २०१६ को (वनभोज) वार्वेक्यु कार्यक्रम सम्पन्न

सरद डायरि । आईतबार, श्रावण १६, २०७३ 
थकाली सेवा समिति जापानको बार्षिकि कार्यक्रममध्येकै सबभन्दा ठुलो मानिने तथा जापानबासि आम नेपालीहरुकै बिच चर्चित एवं सबैको धुकधुकिको रुपमा आयोजना हुने वार्वेक्यु (वनभोज) कार्यक्रम धुमधामका साथ सम्पन्न भयो यो बर्ष पनि...
प्रत्येक बर्ष आयोजकले सक्दो कमिकमजोडिलाई कम गर्न र जापानकै उदाहरणीय कार्यक्रमको रुपमा सफल बनाउन सिङ्गो टिमको मिहेनत र एकतालाई म संरक्षकत्वको नाताले हार्दिक धन्यबाद टक्य्राउदछु ।
केहि अनलाईन समाचारमा तपसिल संम्प्रेषण भएको र वाकि फोटो आफै बोल्छ..

फोटो क्रमश बायाबाट...
१) पुर्व अध्यक्ष, कृष्ण गौचन
२) पुर्व अध्यक्ष, ध्रुब भट्टचन
३) निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक,
सरद कुमार गौचन
४) वर्तमान अध्यक्ष, बुद्धि गौचन







*अन्तिम तयारि पुरा
डिसिनेपाल
मातृसन्देस
समुद्रपारि
नेपालजापान
मेरोसंचार



*कार्यक्रम संम्पन्न












 
 







 







कार्यक्रममा उपस्थित जापानीहरुबाट प्राप्त प्रतिक्रिया, (उहाकै शब्दमा माथीको जापानी भाषा) तपसिल नेपालीमा भाषामा अनुबादित गरिएको केहि अंशहरु... 
----------------------------------------यहाबाट------------------------------------------- (१) "के" ज्युबाटको प्रतिक्रिया.. हिजो थकाली जातिको संस्ठाबाट आयोजित वार्वेक्यु, युमेनोसिमाकोएन.. जापानमा बसोबास गर्ने तमाम नेपालीहरुको संगठनबाट बिभिन्न ठाउमा बिभिन्न तरिकाले वार्वेक्यु आयोजना हुने वर्तमान अबस्थामा, थकाली जातिले आयोजना गर्ने वार्वेक्यु चाहि बिशेष उत्कृष्ट मासुको परिकार सहित स्थरिय कार्यब्यबस्थापन तर्जुमा मिलाउने वार्वेक्युको रुपमा चर्चित छ । र थकाली जातिमा मात्र सिमित नरहि अन्य गैर जातिहरुको पनि ठुलो समुहमा उत्त उत्कृष्ट मासु खानको लागि उपस्थित हुने गर्दछ । हिजो पनि विफ, पोर्क र कुखुरा सहित विविध थुप्रै परिकार र अचार संगै पेय पदार्थको वार कर्नलमा कार्यक्रमको अन्त सम्म अल्कोहल लगायतका विविध पेय पदार्थहरु भरिपुर बितरण भएको थियो । आयोजकले कत्तिपनि रक्सि नखाई अति नै मिहेनतका साथ मासू पोल्ने, पेय पदार्थ बितरण गर्ने संगै आगन्तुक पाहुनालाई अन्त सम्म दिनु भएको सर्भिस चाहि अजिब मन छोयो । साथै अन्तमा नाचगान गरि कार्यक्रम समापन भएको थियो । --------------------------------------------------------------------- (२) "एच्"ज्युबाटको प्रतिक्रिया.. हिजो हार्दिक धन्यबाद दिन चाहान्छु । आयोजकका सम्पुर्ण मेम्वरहरुको अति नै ब्यस्थताका बावजुद अति मिहेनतकासाथ आगन्तुक पाहुनाहरुको स-सम्मान र उत्कष्ट सर्भिसको लागि कृतज्ञताका ज्ञापन गर्दछु । हिजो खाएको मासुको पावरले यो हप्ताभरि, कामलाई सम्पन्न गर्न सहयोग पुर्याउने छ । --------------------------------------------------------------------- (३) "एन्"ज्युबाटको प्रतिक्रिया.. कार्यक्रम स्थल किबा हो भन्ने हल्लाको सुचनाको आधारमा बलबल सिन्किबाको युमेनोसिमा कोएनमा पुग्यौं। जापानमा नेपालीहरुको सबभन्दा ठुलो वार्वेक्यु कार्यक्रम, थकालीजातिबाट आयोजित कार्यक्रममा सहभागि । मासु । मासु ।। मासु ।।। मासु ।।।। मासु।।।।। अति नै अविस्मरणियका थुप्रै क्षण, बाकि फोटो आफै बोल्छ । --------------------------------------------------------------------- (४) "एम्आई"ज्युबाटको प्रतिक्रिया.. हिजो कोटिकोटि नमन् । अति नै भिन्न वार्वेक्युको अनुभव, "के" ज्युको नेपालीहरुको संगको संम्बन्ध संग जिल खाएको अबस्था । --------------------------------------------------------------------- (५) "एच"ज्युबाटको प्रतिक्रिया.. हिजो अति नै रमाईलो भयो, छुटै नविनताको क्षण र पलहरुको अनुभव । थुप्रै मासु खाएकोले बेलुको खाना नखाई छिटै बेडमा गएको अबस्था । अति नै मिठो मासुको लागि हृदय देखी धन्यबाद दिन चाहान्छु । ---------------------------------------सम्म----------------------------------------------- पुनश्च: यस बाहेक पनी नेपाल दुताबास परिवार तथा नेपालीहरु, जापानीहरुबाट पनि थुप्रै शुभकामना र बधाई प्राप्त भएको थियो भवदिय, सरद कुमार गौचन संरक्षक, थसेस जापान अगष्ट १, २०१६ (सोमबार)

  

No comments: