Friday, October 14, 2016

हाईस्कुलका बिध्यार्थीहरुलाई नेपालको बिषयमा लेक्चर

सरद डायरि । विहिबार, असोज २७, २०७३ 
आज १३ अक्टुवर २०१६ विहिबारका दिन, कानागावाकेनरिचु चिगासाकि हाईस्कुलको १० र ११ कक्षाका थुप्रै बिध्यार्थीलाई नेपालको बारेमा लेक्चर दिने समय तय भएको थियो ।
पुर्व निर्धारित समय अनुसार स्टेशनमा सम्बन्धित आयोजक र सहयोगि संग भेट गरि लागियो गन्तब्यस्थलतिर..
समय अगावै पुगिएकोले हाईस्कुलको हेडसर लगायत अन्य सरहरु संगपनि हलुका परिचय गरि हेडसरको कार्यकक्षमा चियापान र हलुका कुराकानी र भिजिटिङ्गग कार्डको पनि आदानप्रदान गरियो साथै आजको प्रिजिन्टेन्सन र समय तालीका अन्य विविध पक्षको बैठक (उचिआवासे) सकेर कक्षा कोठा तथा अन्य संम्बन्धित बिषयको भ्रमण पनि भयो ।

बिशेष गरेर, कानागावाकेनको चिगासाकी हाईस्कुलका १० र ११ कक्षाका ७०० बढि बिध्यार्थी, टिचर र कर्मचारि समेतलाई नेपाल, नेपाली तथा मेरो आफ्नो ब्यक्तिगत जापानमा देखेको, भोगेको र अनुभव गरेको कुराहरु संम्बन्धि चिनाउने अबसर थियो यो ।
धेरै समयको अन्तरालमा यत्रो ठुलो जमातको अघि बोल्न (गेष्ट स्पिकरको रुपमा) छुट्याईएको ४० मिनेट निकै सोचनिय भएतापनि बोल्न शुरु गरेपछि त अति नै रमाईलो र झकासकासाथ एकैछिनमा समय सकिएको पत्तो भएन् ।
विध्यार्थी भाईबहिनीलाई नयाँ, नौलो अनुभव र नेपालको बारेमा थोरै भएपनि जान्ने,बुझ्ने अबसर मिलेको महशुस भएको छ ।
धन्यबाद हेडसर केज्यु, आयोजक केआईएफका केज्यु, सहयोगि एपिएफएस केज्यु । संजोग भनौं, ३ नै जना के ज्युहरुलाई हार्दिक कृतज्ञता ।
------------------------------------------------------------------------------------------------------------------

茅ヶ崎高校の1、2年生の生徒達、約700人以上の前で母国と私自身紹介する場がございました。
高校国際教育支援事業として在日外国人や外国人自身が日本での体験、経験、来日経緯やネパール関連の話を約40分間位発表させて頂きました。
数十年ぶりにこんなに大勢の前でのプレゼンでしたので果たして与えていた40分間話せるかと多少の緊張と心配でしたが、
舞台に立ってからは時間が足りない位話が盛り上がって大変貴重な時間となりました。
高校生自身にいい体験になったかと思いますしこれをきっかけにネパールの事を好きになる事祈っています。
校長のK様、KIF、ケー様、APFS、け様3Kどうもありがとうございました。


Photo by KIF,K San


















No comments: