Sunday, October 30, 2016

Sawanobori-Okuchichibu_Ichinosawa

सरद डायरि । शनिवार, कार्तिक १३-१४, २०७३
यस पटकको -"सावानोवोरि-沢登り" वा (वाटरफल क्लाईमिङ्ग-Waterfall Claiming)....
हामि नेपालीहरुको त कुरै छोडौं, अधिकांस जापानीहरुलाई पनि थाहा नभएको यो प्राकृतिक एडभान्चरको रुपमा सानो समुहका जापानीजले जापानबाट नै उत्पन्न गरेको एडभान्चर स्पोर्ट हो, "सावानोवोरि-沢登り" ।
यो जापानी भाषालाई सिधै अंग्रेजीमा उल्था गर्दा (वाटरफल क्लाईमिङ्ग-Waterfall Claiming) भनियता पनि जापानबाट शुरु भएको, एक किसिमको प्राकृतिक एडभान्चर अर्थात पहाडको अनकन्तार भिरमा, ओरालो झरेको नदिमा उकालो चढ्ने र जहा झरना, ताल, चट्टान, खोल्सा तथा बाटै नभएको भिर,पहिरो, पहरालाई झेल्दै,छिचोल्दै, छेड्दै, उक्लनु पर्ने साह्रै तफ र रिक्सि एडभान्चर स्पोर्टको रुपमा जापानमा दुई दशक अघि देखी चलनचल्तिमा आएको देखीन्छ ।
"सावा " नुहाउदा प्रयोग हुने सावर वा रेष्टुरेन्ट, घर तथा अन्य ठाउमा वियर,वाईन पेय पदार्थ आदि माथीबाट तल झर्ने तरल पदार्थ ।
"नोवोरि" उक्लने, उकालो लाग्ने माथीतिर चढ्ने ।
अर्थात छोटकरिमा पानी झरेको ठाउमा उकालो चढ्नेलाई "सावानोवोरि-沢登り" भनिन्छ ।
यो प्राकृतिक एडभान्चर अनुभवको लागि, निम्नतम आधारभुत तपसिल सामाग्रि संगै बिशेष क्लाईमिंङ्ग गर्ने क्षमता र दक्षताको आवश्यक पर्दछ ।
* सावा सुज, सावा स्पाच, हेलमेट, हार्नेस, स्विरिन्गे, काराविना, एईटोकानचुकि काराविना, हेड लाईट आदी..
* रात बिताउनको लागि हो भने, टेन्ट, सिल्पिङ्ग ब्याग,खानपिन आदि...
जेहोस,
जापानको साईतामा प्रिफेक्चरको ओकुचिचिवुबाट डेढ घण्टाको बस र करिवन दश किलोमिटर हिडे पछि मात्र शुरु गरेको "सावानोवोरि" अर्थात वाटरफल क्लाईमिंङ्ग, ईचिनोसावा नामक स्थान ।
यसपटक पनि दुई दिन तथा एक रात जंगलमै बास बसियो र हिडाई भने दुई दिनमा अनुमानित ११ घण्टाको गरिएतापनि घर फर्किने ट्याक्सि समाउदा करिवन १६ घण्टा हिडेर बिताईएछ ।
पहिलो दिन मौसमले साथ दिएपनि दोस्रो दिनभने पुरै कुईरोले घामको अनुहार नै देख्नै पाईएन तथापि आधारातमा टेन्ट (टावु) मा सिधै आकाशबाट झरेको पानी ठक्करको आवाजले भने छिटै ब्युझाउन बाध्य बनायो ।
Thanks Mr. Saka, Iwa, Ta, Ms.Ne (どうもありがとうございました。)
--------------------------------------------------------------------------------------------------------------------------------------------------
先週末、1泊2日で埼玉県の奥秩父の市ノ沢(市ノ沢〜和名倉山)へ登って参りました。初日はお天気にも恵まれましたが、谷間の日暮れは早く夜はタープをたたく雨の音に目が覚めました。
今回の沢は、一回だけロープを出す機会があり、その他問題なく直登でき、小滝等が続き、シャワーを浴びる箇所もありました。
せっかくの今シーズン最後の沢と焚き火を仲間と一緒に存分に楽しむことが出来て非常に嬉しいです。皆様お疲れ様でした。
                                                                          Photo by Iwa,Saka

More photo..........................

















No comments: