Thursday, November 24, 2016

ओयामा पडाडको हाईकिङ्ग

सरद डायरि । बुधबार, मंसिर ८, २०७३
तदअनुसार २०१६ नोभेम्वर २३ का दिनमा टोक्यो नजिक रहेको कानागावा प्रिफेक्चरको "ओयामा" नामक पडाह चढियो ।
जस्को उचाई १२५२ मिटर फुच्चे पहाड भएपनि बिच बाटो सम्म केवुलकार मार्फत २० मिनेट मै उक्लन र ओर्लिन सकिने तथा केवुलकार ओर्लिन वित्तिकै "ओयामा आफूरि जिन्जा" नामक बिशाल मन्दिर भएर पनि होला, सधै जात्रा जस्तै घुईचो लाग्दो रहेछ । यस पटक हाम्रो बिशेष समुह अर्थात जापान जर्मन समाजको आयोजनामा जापानी, जर्मनी, कोरिया, चिन र म स्वयम नेपाली गरि ५ देशको २० जना साथीहरुको समुह सहित उकालो लागियो ।
निर्धारित समयमा ओडाक्युलाईनको ईसेहारा स्टेशन मा भेट गरि ७ घण्टा बढि हाईकिङ्ग सम्पन्न गरियो । प्रतिकुल मौसमको वावजुद पनि रङ्गिचङ्गिको जंगली दृष्य अर्थात अटम कलर संगै मठमन्दिरमा विविध ईभेन्ट तथा प्राकृतिक सौन्दर्यता संगै ठुलो जमातको रमाईलो बातावरण चाहि अविस्मरणिय रह्यो । त्यस वखतको केहि झलकहरु........





 



 



 




No comments: