Wednesday, January 2, 2008

GUNMAYARI_KOMOCHIYAMA

सरद डायरि । शनिबार, २८ डिसेम्वर २०१४ (पौष १३, २०७१)
गुन्मा प्रिफेक्चरको कोमोचियामा नामक पहाडमा दुई दिने हाईकि्ंग (ट्रेकिङ्ग) मा लागियो । यो वर्षलाई बिदाई गर्ने सिलसिलामा ब्रिटिसको मित्र आण्डि (क्लबको प्रेसिडेन्ट) र जापानी मित्र आया संग पुर्व निर्धारित समयमै भेटेर ३ घण्टा बढि ट्रेन सफर संगै आदि घण्टा बढि हिचहाईक गरि टोजान ईरिगुचि (पडाह चढ्ने फेदमा) मा पुगेर शुरु भयो ८ घण्टे ट्रेकिङ्ग ।
१२९६ मिटर टुप्पोको अग्लाई भएको यस कोमोचियामा पहाडको करिवन आधा भागभन्दा माथी चाहि लटरम्मै हिउले ढाकेको टुप्पोमा चाहि घुडा भन्दा माथी हिउ थियो । निकै अप्ठ्यारो (च्युक्यु,मिडियम लेवल) यो पडाहको केहि ठाउमा भने निकै असजिलो रक् क्लाईमिङ्ग पनि गर्नु पर्ने ठाउहरु थियो, हामि संग सबै ईक्युमेन्ट भएकोले कुनै दुर्घटना बिना चढ्न ५ घण्टा बढि लागेपनि ओर्लिदा भने ३ घण्टा भन्दा कम समय मै सहजै यो ट्रेकिङ्ग सफलताका साथ सम्पन्न गर्यौ । केहि झलक तलतिर... 

 
 
कोमोचियाको हाईकिङ्ग रुट 
 कोमोचियामा पडाड
आईस झुण्डिएको रमणिय दृष्यमा आया संगै एस.के 
 हाईकिङ्गको झलक
 पहाडको फेदमा हाईकिंङ्ग शुरु गर्दै एस.के
 ५ घण्टा बढि यस्तै हिउमा हिड्दै 
 आण्डि संग कोमोचियामको टुप्पोमा
 थाकेकोले उठेरै आराम गर्दै एस.के 
आया संग पहाडको टुप्पोको भागमा
 
for more.....................







No comments: