Thursday, April 8, 2010

म्युजिक ट्रयाक बनाउने सफ्टवयर र तरिका ।

सरद डायरि । बिहिबार, चैत्र २६, २०६६
आफुले चाहेको गीतको भोकल हटाएर म्युजिकल ट्रयाक मात्र बनाउनको साथसाथै अरु पनि धेरै म्युजिकल ईफेक्ट दिन मिल्ने यो सफ्टवयर फ्रिमा उपलब्ध छ । फुल स्टेरिओ साउन्डमा भएको गीतलाई यो सफ्टवयर को मद्धतले भोकललाई हटाएर म्युजिक ट्रयाक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्रयाकबाट भोकल मात्र १००%हटाउन त सकिदैन तर यस्ता केहि सफ्टवयरको मद्धतले ८०,९०% सम्म हटाउन भने अबश्य सकिन्छ । यस्तो सफ्टवयर बजारमा धेरै उपलब्ध भएपनि फ्रीमा उपलब्ध अडिओसिटि नामक यो सफ्टवयरको मद्धतले म्युजिक गीत बाट भोकललाई हटाई म्युजिक ट्रयाक बनाउने बिषयको बारेमा चर्चा गरौं ।
१) सर्वप्रथम यो सफ्टवयर आफ्नो कम्युटरमा डाउनलोड गरेर ईन्सटल गरौं ।
२) अब Ctrl+1अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको Location दिएर Open मा क्लिक गरौं ।

३) तल देखिएको म्युजिक ट्रयाकको बाँया तिरको Drop down list मा क्लिक गरेर "Split Stereo" मा क्लिक गरौं ।

४)त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्रयाकहरु देखिन्छन त्यसमध्ये तलको ट्रयाकलाई सेलेक्ट गरौं त्यसको लागि ट्रयाकको को Drop down list को तल क्लिक गरौं ।

५)तलको ट्रयाक सेलेक्ट भई सकेपछि माथिको मेनु बारमा भएको Effectमा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस् ) ।
६) अब तल देखिएको दुबै ट्रयाकको Drop down list मा क्लिक गरेर mono गरिदिनुहोस्
७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईको गीतको भोकल ८०% देखी ९०% हटिसकेको हुनेछ ।
८) अब उक्त ट्रयाकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस्

(MP3मा Export गर्दा software ले "Lame...."नामक codec माग्न सक्छ, उक्त Codec download गर्न यहा क्लिक गर्नुहोस
codec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )
यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने Player हरु पनि पाईन्छन त्य मध्ये केहि राम्रा Player



श्रोत : क्यामज्जा

No comments: