Sunday, April 25, 2010

सफलताका १० सुत्रहरु

सरद डायरि । आईतबार, बैशाख १२, २०६७
१)सधैं उचाईमा पुग्ने ईच्छा पाल्नुहोस् :-
"उदेश्य के लिनु उडि छुनु चन्द्र एक" भने झै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोशिस गर्नुहोस साथै आफ्नो चाहाना अनुरुपको र त्यहि स्तरको काम गर्दै जानुहोस् ।
२) लक्ष्य निर्धारण गर्नुहोस् :-
म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधैं स्पष्ट हुनुहोस । आफुले गर्न लागेको काम कसरि गर्नु पर्छ, कति समय लाग्छ आदि कुराको स्पष्ट जानकारि र बिवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस् ।
३) एकताबद्ध हुन सिक्नुहोस् :-
कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पुर्वक सम्पन्न गर्न सकिन्छ । त्यसैले जहिले पनि एकतामा बिश्वाश गर्नुहोस् । एकताको बल सधै बलियो हुन्छ ।
४) खुशी रहने कोसिस गर्नुहोस् :-
आफुले चाहेको चिज नपाएमा पनि आफुलाई दुखी वा केहि गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस् । आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस् ।
५) स्वास्थ्य प्रति ध्यान दिनुहोस् :-
जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामि काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ प्रति बिशेष ध्यान दिनुहोस जसको लागि नियमित ब्यायाम गर्नुहोस् ।
६) केहि कुरा पनि सिक्न पछी नपर्नुहोस् :-
आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस । जति आफुमा त्यो काम प्रति ज्ञान बढेर जान्छ त्यति नै काम गर्न र लक्ष्य पाउन सहज हुन्छ । त्यसैले आफुलाई जहिले पनि ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नुहोस् ।
७) आराम गर्नुहोस् :-
सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काहि आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनि आफ्नो उपस्थिति जनाउनुहोस जसले गर्दा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस् ।
८)खतरा सँग नडराउनुहोस् :-
यदि तपाई आफ्नो काममा सफलता चाहानुहुन्छ भने अलिकति खतरा मोल्नु आवश्यक हुन्छ । कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दक्त चिक्त भएर लाग्नुहोस जसले तपाईलाई राम्रो परिणाम दिने संम्भावना धेरै हुन्छ । तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन संम्भवै छैन वा धेरै मुस्किल छ ।
९)आफ्नो लक्ष्यमा दृढ रहनुहोस :-
आफुले गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनि काम सम्पन्न हुन्छ । त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनुहोस र जे जस्तो दुख आईपरे पनि त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस ।
१०) असंम्भव केहि पनि छैन :-
संसारमा असंम्भव भन्ने कहि छैन र मैले गर्न लागेको काम असंम्भव अबश्य छैन भन्ने बिचार मनमा राख्नुहोस । तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनि पुरा गर्न सक्नुहुन्छ । अरुलाई असंम्भव लागेको कुराहरु तपाईले पनि गर्न सक्नुहुन्छ ।

श्रोत : क्यामज्जा

No comments: