Tuesday, May 3, 2011

यसो गरेर मारिए रे बिन लादेन ।

सरद डायरि । सोमबार, बैशाख १९, २०६८ 
आज अमेरिकाले घोषणा गरेको आतंकवादविरुद्धको युद्धको १० वर्षपछि ठूलो सफलता पाएको समाचार प्राप्त भएको छ। आफ्नो प्रमुख शत्रु अल कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई मार्न सफल हुनु नै अमेरिकाको सफलता हो।
तर यो सफलता पाउन अमेरिकाले ठूलै मूल्य चुकाउनु परेको छ। आतंकवादीहरुमाथिको आक्रमणका क्रममा धेरै अफगानिस्तान, पाकिस्तान र इराकमा धेरै निर्दोष साँढेको जुधाइ बाच्छाको मिचाइ हुन पुगे। ह्युमन राइट वाचका प्रवक्ताले लादेनको मृत्युको खबरसँगै दिएको प्रतिक्रियामा जस्तो ‘अब लादेनले सेप्टेम्बर ११ को जस्तो आक्रमण कहिले गर्न सक्ने छैनन्, उनको मृत्युले आतंकवादविरोधी युद्धको नाममा मानवअधिकार दुरुपयोगकको डरलाग्दो खण्डको पनि अन्त्य हुनेछ’ भन्ने आशा गर्न सकिन्छ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा छ अब्बोत्ताबाद। त्यहाँको बिलाल क्षेत्रमा एउटा घर थियो जहाँ धेरैअघिदेखि जासुसी संयन्त्रले चियो गरिरहेको थियो। तीन तला अग्लो र वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काँडेतार पनि लगाइएको थियो। त्यहाँ दुई सुरक्षा गेट थिए तर कुनै फोन र इन्टरनेट चलाइएको थिएन।
यही घरमा बसेका थिएन बिन लादेन आफ्नो परिवारसहित। ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाँडेको थिएन। अमेरिकी सरकार कै थोरै मान्छेलाई मात्र लादेनलक्षित आक्रमण हुन लागेको बारे थाहा थियो।
त्यहाँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्न आदेश दिए। चार वटा हेलिकप्टरले आकाशबाट साथ दिएको थियो भने कतिको समूह भनिएको छैन तर सानो अमेरिकी समूह घरभित्र छिरेको थियो। ४० मिनेट भिडन्त भयो। लादेनले प्रतिकार गरे। टाउकोमा गोली लागेपछि लादेन मारिए। लादेनसँगै उनका छोरा पनि मारिए। पाँच जना त्यहाँ मारिएको पाकिस्तानी अधिकारीले बताएका छन्। मारिएका मध्ये एक महिला छिन्। केहीलाई बन्दी बनाइएको छ। छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो। पछि त्यसलाई सुरक्षाको कारण जनाउँदै अमेरिकी सेनाले नै नष्ट गरिदियो।

No comments: