Tuesday, February 7, 2012

थसेस जापानले नेपालमा आर्थिक सहयोग प्रदान गरेको प्रकाशीत समाचार

सरद डायरि । सोमबार, माघ २३, २०६८
नेपालमा हुदा संस्थागत रुपले सम्पन्न गरिएका केहि उपलब्धिमुलक कार्यक्रमका समाचारहरु र फोटोहरु प्रकाशन गर्ने तर्जुमा मिलाए, जापानमा क्रियासिल मेडियाका मित्रहरुले तुरुन्तै प्रकाशन गर्न सहयोग गर्नु भएकोमा उहाहरुलाई धन्यबाद दिदै उत्त समाचार जस्ताको तस्तै र देहायबमोजिमको लिन्कहरुमा क्लिक् गरि पढ्न सक्नुहुनेछ ।

थसेसजापान डटकम
http://www.thasesajapan.com/archives/3112

http://www.thasesajapan.com/archives/3116

फोटोहरु..
http://www.thasesajapan.com/archives/3127

वुईलभनेपाल डटकम
http://www.welovenepal.com/?p=37077

समुद्रपारि डटकम
http://samudrapari.com/2012020612836.html

टोक्योनेपाल डटकम
http://www.tokyonepal.com/2012/02/06/53381.html

नेपालजापान डटकम
http://nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=37385

फोटो ग्यालरिहरु...
http://www.nepaljapan.com/galary.php?id=1328515702
थकाली सेवा समिति जापानले नेपालमा आर्थिक सहयोग प्रदान गर्यो ।
फेब्रवरि ६, २०६८। सोमबार ।
गत जनवरि २४ तारिख मंगलबारका दिन नेपाल जापान सम्पर्क समितिले थकाली सेवा समिति नेपालको आफ्नै भवन बिनायकबस्ति स्थित प्रागणमा एक समारोह आयोजना गरि स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम धुमधामकासाथ सम्पन्न गरेको छ ।
उत्त कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन र महा-सचिब अनिल भट्टचनलाई स्वागत सम्मान गरिएको हो भने, थसेस जापानको पहलमा जापानमा संकलन गरिएको रकम उत्त कार्यक्रममा नगद रुपिया संम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको शुरुआत गर्दै, आयोजक तर्फका सचिव पानस गौचनले केहि दिन अघि मात्र असमायिक दु:खद निधन हुनु भएका समाजसेवी तथा थसेस जापानका पु्र्ब उपाध्यक्ष स्व. गोपाल भट्टचनको स्मरण गराउदै उहाको नाममा १ मिनेट मौन धारण गरिएको थियो ।
त्यस पश्चात आयोजक तर्फबाट नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) को सभापतित्वमा उपाध्यक्ष मोहन भट्टचनले स्वागत भाषण दिनु भएको थियो ।
प्रमुख अतिथि थसेस जापानका अध्यक्ष शरद कुमार गौचन र बिशेष अतिथि महा-सचिब अनिल भट्टचनलाई सभापतिले खादा ओढाई स्वागत सम्मान गर्नु हुदै हार्दिक बधाई दिनु भएको थियो ।
अन्य अतिथिहरुमा थसेस काठमान्डौं क्षेत्रका अध्यक्ष रमेश कुमार गौचन, नेपाल जापान सम्पर्क समितिका संस्थापक अध्यक्ष खगेन्द्र भट्टचन (सिबाङ्ग), एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचन र थसेस चितवनका निवर्तमान अध्यक्ष समर शेरचन रहनु भएको थियो ।
त्यसैगरि सहभागि अतिथिहरुमा थसेस केन्द्रका प्रतिनिधि, थसेस महिला प्रतिनिधि, थसेस चितवनका अध्यक्ष, थसेस अनुसन्धान केन्द्रका कोषाध्यक्ष नरेश तुलाचन, थसेस युवा परिवारका अध्यक्ष अमृत गौचन, थासांङ स्पोर्ट क्लवका अध्यक्ष गुप्त शेरचन र नर्साङ्ग गोम्पा संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष सोमत भट्टचनको समेत उपस्थिति रहेको थियो ।
आयोजित कार्यक्रमको बारेमा जानाकारि, उदेश्य र आवश्यकता सहित थसेस केन्द्र, क्षेत्र र नेपाल जापान सम्पर्क समितिको बारेमा संस्थापक अध्यक्ष तथा सल्लाकार खगेन्द्र भट्टचन (सिबाङ्ग) ले बिस्तृत बिवरण सहित प्रकाश पार्नु भएको थियो ।
प्रमुख अतिथिको आषणबाट बोल्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले थसेस जापानको बर्तमान अबस्था, परिस्थिति, भएगरेका गतिबिधि र भावि रणनितिहरुको बारेमा स्पष्ट पार्दै थसेस नेपाल संग सहकार्य, समन्वय र थसेस नेपालकै मार्ग निर्देशन अनुसार नै थसेस जापान अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथै सोहि अबसरमा अध्यक्ष गौचनले जापान देखी संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नु भएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण पश्चात अध्यक्ष गौचनले संकलित रकम यी दुबै संस्थाका अध्यक्ष गत बर्ष जापान भ्रमणको समयमा थकाली सेवा समिति जापानलाई आर्थिक सहयोगको लागि थसेस केन्द्रको सिफारिसमा आग्रह गर्नु भएको जानाकारि गराउनु हुदै यस सहयोग रकम उचित, ब्यबस्थित र पारदर्शि रुपले सम्बन्धित ठाउमा उपलब्धिमुलक कार्यमा ब्यबस्थापन गर्न अनुरोध गर्दै जापानको सहयोगिदाताको बिवरणहरु र उहाहरुलाई धन्यबाद दिनु भयो ।
स्मरण रहोस, यो सहयोग रकम थसेस जापानको पहलमा कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचनको अग्रसरतामा अध्यक्ष नेपाल फिर्ता १ हप्ता अघि मात्र संकलन गरिएको थियो ।
अन्तमा कार्यक्रमका सभापति तथा नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) ले हामि थसेस जापानकै एक शाखाको रुपमा नेपालमा कार्यरत रहेको र हरसंम्भव थकालीहरुको उत्थान,चेतना मुलक कार्य र आर्थिक ब्यबस्थापन सम्बन्धि अति नै पारदर्शि रुपमा सम्पन्न गर्दै आएको र भविष्यमा पनि यो कार्य निरन्तर जारि राख्ने प्रतिबद्धता सहित हाम्रो माउ संस्था थसेस जापानले आर्थिक संकलन गरि नेपालमा सहयोग गर्नु भएकोमा खुशी ब्यक्त गर्नु भयो ।
तर थसेस जापान र नेपाल जापान सम्पर्क समिति बिचको सम्बन्ध र समन्वय तुलनात्मक रुपमा बृद्धि हुन नसकेकोमा दु:ख ब्यक्त गर्दै अब उप्रान्त ठोस पहल कदमिका साथ सुढृद गर्दै अझ प्रगाढ सम्बन्ध कायम गर्ने दृढता साथ ब्यक्त गर्नुहुदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

No comments: