Monday, February 27, 2012

थसेस जापानको सहयोगमा "लक्ष्मी" नामक बृतचित्र प्रदशन

सरद डायरि । सोमबार, फागुन १५, २०६८
गत हप्तामा सम्पन्न शुभ खबर, हिजो मात्र फोटो सहित उत्त समाचार नेपालबाट प्राप्त भयो  । जुन म संग संम्बन्धित संस्था थकाली सेवा समिति जापानले गत जनवरि २४ तारीख बुधबारका दिन स्वयम मेरै हातबाट एड्स रोग नियन्त्रण संघ कास्किलाई आर्थिक सहयोग नेपालमै गएर हस्तान्तरण गरेका थियौं ।
उत्त रकमकै सहयोगबाट "लक्ष्मि" नामक एड्स रोग संम्बन्धि सचेत गराउने बृतचित्र म्याग्दि जिल्लाको बेनि बजारमा प्रदशन  भएको रहेछ ।
उत्त समाचार जापानमा क्रियाशिल मेडियामा प्रकाशनार्थ को लागि अनुरोध गरे ।
फोटो सहित प्रकाशित उत्त समाचार जस्ताको तस्तै तलतिरि.....
थसेस जापानको सहयोगबाट म्याग्दीमा बृत्तचित्र प्रदर्शन
म्याग्दी, फागुन १५ – एचआईभी एड्स तथा लागुपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले सोमवार महाशिवरात्रीको अवसर पारी म्याग्दीको सदरमुकाम वेनीस्थित कालिपुल बसपार्कमा एचआईभी संक्रमितहरुद्धारा सञ्चालित गुप्त सबा मार्गदर्शन सहयोगि समुहको आयोजनामा एचआईभी एड्स सम्वन्धी जनचेतना मुलक लक्ष्मी नामक बृत्तचित्र प्रदर्शन गरीएको छ।
एड्स रोग नियन्त्रण संघ कास्की द्धारा निर्मित उक्त बृत्तचित्र जनचेतना जगाउने उद्धेश्यले देशको विभिन्न स्थानमा अभियानको रुपमा प्रदर्शन गर्दै आईरहेको जानकारी संघका अध्यक्ष तथा बृत्तचित्रका परिकल्पनाकार विश्वमोहन गौचनले दिनुभयो। यसभन्दा पहिले पनि गुप्त सबा मार्गदर्शन सहयोगि समुहको आयोजनामा कार्तिक ४ गते म्याग्दी सिनेमा हलमा प्रदर्शन गरीएको थियो।
बृत्तचित्र प्रदर्शन कार्यक्रममा बोल्दै गुप्त सबा मार्गदर्शन सहयोगि समुहका अध्यक्ष होम बहादुर पुर्जाले वेनि वासिहरुलाई एच.आई.भी. एड्स सम्वन्धी सचेत गराउने उद्धेश्यले कार्यक्रम गरीएको बताउनुभयो। त्यस्तै कार्यक्रममा वोल्दै म्याग्दी जिल्ला खेलकुद विकाश समितिका अध्याक्ष विनोद केसिले एचआईभी एड्स न्यूनिकरण गर्ने प्रभावकारी माध्यम जनचेतना भएको बताउनुभयो।
त्यसैगरी एड्स रोग नियन्त्रण संघ कास्की अध्यक्ष विश्वमोहन गौचनले मानिसहरुमा एचआईभी. एड्स तथा लागूपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले अभियान शसक्क्त रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो। त्यस्तै डा. ज्योति शेरचनले एचआईभी सम्वन्धी आफुले जानेका कुराहरु ब्यवहारमा लागू गरी अरुलाई पनि बताउनु पर्नेमा जोड दिनुभयो।
कालिपुल वसपार्क स्थित खुल्ला मैदानमा प्रदर्शन गरीएको उक्त प्रदर्शनी कार्यक्रममा स्थानिय वासि तथा यातायात कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन युवा समाजसेवी सुवाश विकले गर्नुभएको थियो। प्रदर्शनी कार्यक्रम थकाली सेवा समिति जापानको आर्थीक सहयोगमा सम्पन्न भएको संघका अध्यक्ष विश्वमोहन गौचनले बताउदै अन्य जिल्ला र गाँउहरुमा अभियानको रुपमा प्रदर्शन गर्ने जानकारी गराउनुभायो।
त्यसैगरी फल्गुन ९ गते नै म्याग्दी जिल्लाको बेनी स्थित माउन्ट एभरेष्ट बोर्डिङ्ग स्कुलमा पनि विधार्थीहरुलाई सचेत गराउने उद्धेश्यले लक्ष्मी बृत्तचित्र प्रदर्शन गरीएको थियो। उक्त कार्यक्रममा डा. ज्योति शेरचन, संघका अध्यक्ष विश्वमोहन गौचन, विधालयका शिक्षक नारायण प्रसाद शर्मा, लगाएतले बाल्यकाल देखि नै कुलतमा र एचआईभी एड्सजस्तो रोगमा नफसुन भन्ने उद्धेश्यले जनचेतनामुलक लक्ष्मी बृत्तचित्र प्रदर्शनबाट विधार्थीहरुमा सकरात्मक सन्देश पुग्ने बताए भने कार्यक्रम सञ्चालन समाजसेवि सुवास विकले गर्नुभएको थियो।



प्रेषित अनलाईन समाचारहरु तलको लिन्कमा .....

http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=37869
http://www.welovenepal.com/?p=38347

http://samudrapari.com/2012022714763.html

No comments: