Sunday, June 10, 2012

थकाली सेवा समिति नेपालको १० औं अधिवेशन सम्पन्न

सरद डायरि । आईतबार, जेठ २८, २०६९

थसेस केन्द्रको १०‌‍‌औं महाधिवेशन सम्पन्न गर्दै खगेन्द्र भट्टचनको नेतृत्वमा नयाँ कार्यसमितिको गठन

थकाली सेवा समिति नेपालको १० औं महाधिवेशन म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा भव्यताका साथ सम्पन्न भएको छ । यही जेठ २६, २७ र २८ गते सम्पन्न भएको १०औं महाधिवेशनले थकाली सेवा समिति काठमाण्डौ क्षेत्रका पूर्व अध्यक्ष खगेन्द्र भट्टचनको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
महाधिवेशनमा नेपालका १७ क्षेत्रका ११५ प्रतिनिधिहरुका साथै पर्यवेक्षकहरुले भाग लिएका थिए । उक्त अवसरमा थसेस नेपालको नेतृत्वमा थकाली संस्कृति झल्काउने पहिरन गरी सबै क्षेत्रका प्रतिनिधिहरुले बेनी बजारमा भव्य र्याली निकालेका थिए ।
महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहका साथसाथै महासचिव तथा कोषाध्यक्षवाट प्रतिवेदन पेश गरिएको थियो । दोस्रो दिन सामाजिक नियमावली एवं विधानको संसोधन गरिएको थियो । थकाली सेवा समिति बेनीको समाज घरमा आयोजित उक्त कार्यक्रममा दुवै दिन साँझ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्रिय समितिले समाजमा योगदान दिने विशेष व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । तेस्रो दिन नयाँ कार्यसमितिको निर्वाचनका साथै समारोहको विसर्जन गरिएको थियो ।

No comments: