Thursday, June 21, 2012

कंम्पनिको बैठक पश्चातको नोमिकाई (रक्सी पिउदा)

सरद डायरि । बुधबार, अषाढ ७, २०६९






हप्तामा दुईतिन  पटक  आफ्नै डेपार्टका साथीभाई संग नोमिकाई (रक्सि पिउने) गरिएता पनि आज भने मेरो कंम्पनिको स्याच्यो (बोस) संगै अन्य डेपार्टको ठुलै जमाट बिच नोमिकाई भएको थियो मेरो काईस्या (कंम्पनि) को ।
कारण दिउसो महत्वपुर्ण बार्षिक बैठक थियो ८ क्षेत्रका रिटेल सप, मार्केटिङ बिभाग र हेड अफिसको बिचमा ।
उत्त बैठक पश्चात स्याच्योको अनुरोधमा मैले काम गर्ने डेपार्ट अफिस नजिकै जाड पिउने स्थान तय भएकोले हाम्रो डेपार्टको सबैलाई निम्तो आएको लागियो गन्तब्य स्थलतिर ।

कंम्पनिको बर्तमान, भविष्य बितेका कृयाकलाप संगै भबिष्यमा कंम्पनीलाई अझ संसत्त रुपमा अघि बढाउन र बर्तमान लामो मन्धिसंग जुधारु रुपले अघि बढ्न धेरै कार्य नितिहरु निर्माण र निर्णय भएको समेत हुलुका फुल्का कुरा समेत सुनियो ।
जेहोस, खान पिन संगै २ घन्टे नोमिहोदाई (सक्दो पिउने) सकेर केहि साथीहरु निजिकाई(दोस्रो पिउने जमघट), सान्जिकाई (तेस्रो पिउने जमघट) लागे ।
म भने, मेरो केहि ब्यक्तिगत भोलिएन्टर काम बाकि रहेकोले पहिलो पिउने समाप्त पश्चात लागे  ९:३० तिर डेरातर्फ......
उत्त हाम्रो कंम्पनिको अन्य डेपार्टका सहयात्रीहरु र मेरो डेपार्टकै मित्रहरुसंको सामुहिक फोटो सहित आजको केहि झलकहरु....  

No comments: