Thursday, June 28, 2012

थसेस जापानद्धारा अध्यागमन सम्बन्धि नया नियम र दैबि प्रकोप बिषयमा सेमिनार हुने

सरद डायरि । बुधबार, अषाढ १३,२०६९
मेरो पहिले देखि कै मनसाय बमोजिम बल्ल उत्त कार्यक्रम गर्ने साईद जुर्यो , जुन यहि आउदो, जुलाई ८ तारीख आईतबारका दिन निम्न बमोजिम सेमिनार कार्यक्रम तर्जुमा भयो ।
थकाली सेवा समिति जापानद्धारा आयोजना हुने यस कार्यक्रम बिशेष जापानबासि थकाली परिवारहरु तथा  नेपालीहरुको चाहाना, आवश्यकता र सान्दर्भिकतालाई मध्य नजर गरि तय गरिएको हो ।
ईच्छुक महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आब्हान गरिन्छ साथै सिट सिमित भएकोले यथासिघ्र सम्पर्क गर्नुहुन पनि बिनम्र निवेदन गर्दछौं ।
सेमिनारका बिषयहरु..
१) जुलाई ९ २०१२ बाट लागु हुने अध्यागमन (ईमिग्रेसन) संम्बन्धि नया नियमको बारेमा
   (जापानी भाषा बिज्ञ - नोजु हारुहितो ज्यु)
 - नेपाली भाषामा प्रवचनदिने
 -  प्रश्न उत्तर
 -  डकुमेन्टहरु बितरण
२) भुकम्प तथा प्राकृतिक दैबिप्रकोपबाट बच्ने उपाय एवं अपनाउनुपर्ने रणनिति आदि
 (टोक्यो एमएक्स टेलीभिजनका न्युज कमेन्टेटर, जिज्ञान कुमार थापा)
- भुकम्प,सुनामिको बारेमा पावरपोईन्टबाट प्रिजिन्टेशन -- २० मिनेट
-  डिभिडिबाट भुईचालोबाट बच्ने उपाय हरु हेर्ने -- १० मिनेट
-  बिरामि हुदा, दैबि प्रकोपको बेलामा प्रयोगमा आउने नेपाली हेन्डबुक बितरण गरिने ।
कार्यक्रम बिवरण
मिति: जुलाई ८, २०१२ (आईतबार)
समय: दिउसोको १:१५ देखी ४:३० बजे सम्म
स्थान: सेईकाचु सान्ग्यो ल्पाजा
ठेगाना: १-२०-१५, हिगासी ईकेबुकुरो तोसिमा-कु, टोक्यो १७०-००१३ जापान
(ईकेबुकुरो स्टेशनको हिगासिगुचिबाट हिडेर ५ मिनेट मात्र)
सम्पर्क नं: ०३-५९९२-७०११ (हलको)
आयोजक : थकाली सेवा समिति, जापान
थप सहयोग सम्पर्कको लागि: ०९०-२३१९-००२७, ०९०-३५०६-३४११, ०८०-४१७४-८५५३, ०८०-५४८७-३१८३, ०८०-५४८६-८५५३

होमपेज (कार्यक्रम स्थल)
म्याप (कार्यक्रम स्थल)

Published of Upcomming Event with venue
nrnjajpan Dot Org
samudrapari Dot Com
tokyonepal Dot Com
nepaljapan Dot Com
dcnepal Dot Com

अन्य अनलाईन पत्रिकाहरुमा पनि समाचार संम्प्रेषण गरिएकोले निम्न बजोजिमको युआरएलमा पढ्न सक्नुहुनेछ ।
वुईलभनेपाल डटकम
समुद्रपारि डटकम
टोक्योनेपाल डटकम
नेपालजापान डटकम

भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
जुन २८, २०१२ (बिहिबार)

No comments: