Wednesday, September 5, 2012

थसेस अष्ट्रेलियाद्धारा भेटघाट, अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरद डायरि । बुधबार, भाद्र २०, २०६९

टोक्योनेपाल डटकम

समुद्रपारि डटकम

नेपालजापान डटकम






थसेस अष्ट्रेलियाद्धारा भेटघाट, अन्तरक्रिया कार्यक्रम सम्पन्न
 थसेस अष्ट्रेलियाले गत १ सेप्टेम्वर शनिबारका दिन सिड्नि स्थित सिल्करोड नामक रेष्टुरेन्टको सभाहलमा एक स्वागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पारिवारिक बातावरणमा भब्यताका साथ संम्पन्न गरेको छ। थसेस अष्ट्रेलियाका अध्यक्ष दिपक शेरचनको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रम, एनआरएनको सातौं क्षेत्रीय सिड्नि संम्मेलनमा भाग लिन जापान देखी आउनु भएका थसेस जापानका अध्यक्ष शरद कुमार गौचनको स्वागत सम्मानसंगै अन्तरक्रिया कार्यक्रम गरेको हो।
 
पहिलो चरणमा उपस्थिति महानुभावहरुबाट परिचयात्मक कार्यक्रमबाट सुरु गर्दै यस कार्यक्रमका सभापति दिपक शेरचनले थसेस अष्ट्रेलियाको गतिबिधि र भविष्यको कार्यनितिको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि थसेस जापानका अध्यक्ष गौचनलाई स्वागत सम्मान समेत गर्नु भएको थियो। साथै थसेस अष्ट्रेलिया, अष्ट्रेलियामा बिगत ९ बर्ष देखि संगठित हुदै क्रियासिल रहेको र थसेस केन्द्रको मातहतमा रहि हरेक काम कार्वाहि अगाडि बढाएको बताउनु भयो र थसेस नेपाल एवं थसेस जापान संगको सहकार्य भविष्यमा अझै सुढृड गर्दै अगाडि बढ्ने कुरा बताउनु भयो।
प्रमुख अतिथिको आसनबाट बोल्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले थसेस जापान बिदेशमा संगठित थकालीहरुको जेठो संस्थाको रुपमा २२ औं बर्षमा प्रवेश गरेको जानाकारि गराउदै, एक अनुभवि एवं पुरानो ऐतिहासिक संस्थाको रुपमा चिर परिचित छ। यस संस्थाले एकल थकाली समुदायको हितमा मात्र नभई सिङ्गो राष्ट्रको चिन्तन मनन गर्दै अनगिन्ति सामाजिक सेवा तथा अन्य बिभिन्न क्षेत्रमा थुप्रै सहयोग गरेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा बताउनु भयो।
 
साथै, थकालीहरु बिदेश जाने प्रथा संगै बिदेशमा थसेसको नामले थकालीहरु दर्जनौं संस्थाहरु संगठित भईसकेको अबस्थामा एउटा मजबुत सञ्जालको भुमिका औल्याउदै थसेस नेपाल तथा थसेस बिदेश एवं थसेस अन्तरदेशको पुलको माध्यमको आवश्यकता अपरिहार्य रहेको बताउनु भयो। कार्यक्रम संयोजक तथा थसेस अष्ट्रेलियाका सचिब सुरन्द्र गौचनले औपचारिक कार्यक्रमलाई धन्यबाद ज्ञापन संगै बिट मार्दै डिनर रिसेप्सन तिर कार्यक्रमलाई अघि बढाउनुहुदै बिबिध मनोरञ्जनात्मक कार्यक्रम तर्फ कार्यक्रम अघि बढेको थियो।
स्मरण रहोस, थसेस अष्ट्रेलियाका तर्फबाट अध्यक्ष दिपक सेरचन र सचिब सुरेन्द्र गौचनद्धारा सेप्टेम्वर २ तारिख आईतबारका दिन सिड्निको किन्गफोर्ड स्मित अन्तराष्ट्रिय बिमान स्थलमा एनआरएन एसिया प्यासिफीक सह-संयोजक किरण बिक्रम थापा र थसेस जापानका अध्यक्ष शरद कुमार गौचनलाई खादार्पण गरि सफल यात्राको शुभकामना सहित बिदाई गर्नु भएको थियो।

No comments: