Saturday, September 1, 2012

सिड्निमा धनाद्धय शेष घले संग भेट्दाको संम्झना

सरद डायरि । शुक्रबार, भाद्र १५, २०६९
 
शेष घले नाम सुन्न बितिक्कै हामि सबै नेपालीले गर्व गर्ने बिषय बनेको छ, कारण उनी साधारण नेपाली बिध्यार्थीको रुपमा १६ बर्ष अघि अष्ट्रेलियामा अध्ययनका लागि गएका भएपनि, बिगत २ बर्ष देखी निरन्तर अष्ट्रेलियाकै धनाद्धयको पत्तिमा उभिन सफल भएका ब्यक्तित्व हुन ।
गत बर्ष उनले कमाएको सम्पत्ति २ सय ३७ मिलियन अष्ट्रेलियन डलरका साथ धनिको सुचिमा १६४ औं मा नाम लेखाउन सफल भएका थिए ।
पुन यस बर्ष निरन्तर दिदै १६६ औ धनाद्धयको सुचिमा नाम लेखाउदै कुल सम्पत्ति २ सय ५५ मिलियन अष्ट्रेलियन डलरका साथ गत बर्ष भन्दा ३२ मिलियन डलर बढि कमाएका रहेछन् यो बर्षमा पनि ।
उनको मुख्य पेशा भनेको, अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी नामक कलेज संचालन का साथै रियल स्टेट व्यवसायमा पनि सफल ब्यक्तित्व मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने उनको कलेजमा ३ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेछन् ।
छोटो समयमा नै अधिकतम परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका घलेको जन्म २०१४ सालमा लमजुङ जिल्लाको नाङघान पोखरामा रहेछ । उनले राजधानीको पुल्चोक क्याम्पसबाट इन्जिनियरि प्रमाणपत्र गरेका रहेछन भने, छात्रवृतिमा तत्कालिन सोभियत संघअन्तर्गत रहेको युक्रेनबाट सिभिल इन्जिनियरिङ पास गरिसकेका छन् ।
घले संग एसके

घलेलाई बिजिनेस कार्ड दिदै एसके

शिक्षा मन्त्री दिनानाथ शर्मा, उध्योगमन्त्री अनिल कुमार झा, नेपाल राष्टबैङ्कका गर्भनर डा. युवराज खतिवडा, राजदुत रुद्र बहादुर नेपाल लगायत वरिष्ठ ब्यक्तित्वहरुलाई सम्मान गर्दै

अष्ट्रेलियाको नेपाली महाबाणिज्य दुत दिपक खडकाज्युको आयोजनामा डिनर

घले द्धारा आयोजित डिनर रिसेप्सन

एसके मित्रहरु संग
केहि समय अघि देखि अति चर्चामा आएका घलेको नाम र कामको बारेमा समाचारहरुमा सुन्न र पढ्न पाएपनि कस्ता ब्यक्तित्व होलान भन्ने कौतुहलता लाग्ने नै भो, तर आजभने घलेलाई प्रत्यक्ष भेट्ने मौका मिल्यो ।
एनआरएन सिड्निको सातौ क्षेत्रीय संम्मेलनमा भाग लिने अबसर संगै उत्त साईट जुरेको हो । उनकै संयोजनमा हिजो फुल कोर्षको डिनर सहित बिबिध मनोरञ्जानात्मक कार्यक्रमले हामि एनआरएनलाई स्वागत गरिएको थियो ।
सिड्निको ३ दिने सम्मेलन र १ दिने नेपाल फेस्टिवलमा प्राय उहालाई स्टेज र अतिथि आषणग्रहण गर्ने बेलामा देखेपनि हिजोको उहाको निमन्त्रणाको डिनर र आजको अष्ट्रेलिया स्थित नेपाल महाबाणिज्य दुताबासको डिनर रिसेप्सनमा भने संगै बियर  र वाइनको चुस्कि लिदै बिजिनेस कार्ड साटासाट गर्न र छोटो भलाकुसारि गर्ने मौका समेत मिल्यो, अति नै मिलनसार र हसिलो ब्यक्तित्व हुनुहुदोरहेछ । त्यसैले होला त्यत्रो बिकशित देशमा सर्वोच शिखर चढ्न सफल भएको ।

No comments: