Thursday, September 6, 2012

गैर-आवासीय नेपाली संघ जापानद्धारा एनआरएन बेलायतका अध्यक्ष,सल्लाहाकार र युवा प्रतिनिधिलाई स्वागत

 





सरद डायरि । बिहिबार, भाद्र २१, २०६९
हिजो सेप्टेम्वर ६ तारिख बिहिबारका दिन टोक्यो स्थित ईताबासी कुयाक्स्योमाएको एक रेष्टुरेन्टको सभाहलमा एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य र सल्लाहाकार पशुपति भण्डारि र युवा प्रतिनिधि मनिष भण्डारिको स्वागत सम्मानमा एनआरएन जापानले एक रात्रिभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उत्त अबसरमा आयोजकको तर्फबाट एनआरएन जापानका निवर्तमान अध्यक्ष तथा एनआरएन आईसीसी सदस्य रोशन केसी, अर्का आईसीसी सदस्य अरुण कुमार श्रेष्ठ, एनआरएन जापानका सल्लाहाकार डा.राम गिरी, महा-सचिब डा.राजेन्द्र पराजुली, प्रवक्ता शरद कुमार गौचन सदस्य राजु ढकाल र डिपि कंडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि उपस्थिति अतिथिहरुमा, एनडिएफका सल्लाहाकार सुर्य पाठक, पुर्व सदस्य स्वतन्त्र पौडेल, जन सम्पर्क समिति जापानका महामन्त्री आनन्द क्षेत्री, पर्वत समाजका सचिब सुजन जोशी र अनेसास जापान च्याप्टरका सल्लाहाकार दिनेशराज ज्ञवाली लगायत अन्य प्रतिनिधिहरुको पनि ठुलो उपस्थिति रहेको थियो ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको यस कार्यक्रममा उपस्थिति महानुभावहरुले परिचय संगै आ-आफ्नो छोटो भनाई समेत राख्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्य, सल्लाहाकार पशुपति भण्डारि तथा युवा प्रतिनिधि मनिष भण्डारिलाई हार्दिक स्वागत गर्नु भएको थियो ।
एनआरएन जापानका महा-सचिब डा. राजेन्द्र पराजुलीले कार्यक्रमलाई संचालन गर्दै एनआरएन बेलायतका अध्यक्ष कुल आचार्यलाई टोस्ट प्रस्ताव लागि अनुरोध गर्नु भएको थियो । अध्यक्ष आचार्यले गत सेप्टेम्बर १ तारिख सिड्निमा सम्पन्न ३ दिने एनआरएनको सातौं क्षेत्रीय सम्मेलन तथा २ तारिखको नेपाल फेस्टिवल सिड्निको बारेमा स्मरण गराउदै प्रत्यक्ष सिड्निमा उपस्थित सदस्यहरुबाट अनौपचारिक रुपमा आ-आफ्नो बिचार, धारणा र समिक्षा गरिएको थियो ।
कार्यक्रमलाई बिट मार्दै प्रवक्ता शरद कुमार गौचनले यस कार्यक्रम संयोजन तथा ब्यबस्थापन सचिबालय सदस्य राजु ढकाल र आईसीसी सदस्य रोशन केसी लगायत छोटो समयको सुचनामा पनि ठुलो उपस्थिति जनाउनुहुने सम्पुर्ण महानुभावलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै एनआरएन बेलायतका अध्यक्ष, सल्लाहाकार र युवा प्रतिनिधीलाई पुन स्वागत तथा जापानको छोटो बसाई उपलब्धिमुलक रहोस भन्दै फिर्ति शुभ यात्राको कामना पनि गर्नु भएको थियो । रात्रीभोज सहित एनआरएन सम्बन्धि थप अन्तरक्रिया गर्दै रातको सवा एघार बजे कार्यक्रमको समापन गरिएको थियो ।

Dcnepal Dot Com
Samudrapari Dot Com
Nepalbritain Dot Com
Tokyonepal Dot Com

 

No comments: