Tuesday, October 2, 2012

बाल चित्रकला प्रतियोगितामा सहभागिताको लागि एनआरएन जापानद्धारा अपिल

सरद डायरि । सोमबार, आश्विन १५, २०६९
आज गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजना गरिने भनिएको बाल चित्रकला कार्यक्रमको लागि बिबिध जिम्मेवारि र कार्य तर्जुमा लागि संयोजक ज्युबाट अनुरोध आएकोले त्यस कार्यको लागि बिहानै देखि संम्बन्धित निकाय संग सम्पर्क गरि तर्जुमा मिलाए ।
जस अनुसार मेडियामा निकालिएको सुचना र सम्बन्धित बिषयको ब्यहोरा तलतिर जस्ताको तस्तै....
 
गैर-आवासीय नेपाली संघ जापानद्धारा आयोजना हुन गईरहेको  बाल चित्रकला प्रतियोगितामा सहभागिताको लागि अपिल
एनआरएन जापानले जापानमा पहिलो पटक जापानबासि नेपाली मुलका बालबालीकाको आफ्नो मातृभुमि प्रतिको बिचार, भावना र सोचाईलाई चित्रकला मार्फत अभिब्यक्ति गर्ने प्रतियोगिता आयोजना गर्न लागेको कुरा एनआरएन आईसिसी महिला प्रतिनिधि डा.नम्रता पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । उत्त कार्यक्रम एनआरएन जापानको आयोजनामा डा. पाण्डेको संयोजकत्वमा आउदो अक्टुबर ८ तारीख सोमबारको सार्बजनिक बिदाको दिन पारि सिन्जुकु स्टेशन छेउकै हलमा उत्त प्रतियोगिता आयोजना गर्न लागिएको कुरा जनाईएको छ ।
 
प्रेषीत बिज्ञप्ति र थप बिस्तृत कार्यक्रममा सहभागि आब्हानको लागि सु-सुचित सुचना तलतिर जस्ताको तस्तै...
आदरणीय जापानबासी आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा,
गैर-आवासीय नेपाली संघ जापानले आगामि अक्टुबर ८ तारीख सोमबार (सार्वजनीक बिदा) का दिनमा टोक्योको सिन्जुकु स्थित सिन्जुकु मल्टिकल्चर प्लाजामा "मेरो आँखामा मेरो नेपाल" (My Nepal- My Perception) शिर्षकमा जापानबासी नेपाली मुलका बालबालीका बिच चित्रकला प्रतियोगिता (Art Competition) गर्न लागेको कुरा सहर्ष जानाकारि गराउदछौं ।
एक पटकको नेपाली, सधैको नेपाली र बिदेशको जुनै कुना, कन्धरामा रहेपनि हामि नेपाली भन्ने भावनालाई जोगाई राख्न र बालबालीकालाई मातृभुमि प्रतिको माया, ममता र दायित्व झंल्काउन यो प्रतियोगिता आयोजना गर्न लागेको बताईएको छ । बालबालीकाको राष्ट्रियता प्रतिको भावना जागृत गर्दै बिदेशको रहन सहन, भेषभुषा र भाषामा मात्र सिमित हुन नदिन यस प्रकारको कार्यक्रमले ठोस रचनात्मक भुमिका निर्बाह गर्ने छ भन्ने आयोजकको ठम्याई छ ।
यस चित्रकला प्रतियोगिताको समय ३० मिनेट राखीएको छ भने, कागज, कलम, पेन्सिल वा कलरिङ्ग पेन्टहरु आफै लिएर आउनु पर्नेछ । ५ बर्ष देखी १५ बर्ष सम्मका जापानबासी नेपाली मुलका बालबालीकालाई यस प्रतियोगितामा सहभागि गराई सहयोग पुर्याउनुहुन आदरणीय आम जापानबासी अभिभावक ज्युहरुलाई एनआरएन जापान हार्दिक आब्हान गर्दछ । प्रतियोगितामा उत्कृष्ट चित्रकला छनोट भए पश्चात एनआरएन आईसीसी मार्फत आकर्षित पुरस्कारको समेत ब्यबस्थापन गरिएको जानाकारि गराईएको छ ।
 

मिति : अक्टुवर ८, २०१२ (सोमबार), सार्वजनिक रातो बिदा
समय : दिउसोको ठिक १:०० बजेदेखीस्थान : SHINJUKU MULTICULTURAL PLAZA (HYGEIA 11F)Hygeia 11F, 2-44-1 Kabuki-cho, Shinjuku-ku, Tokyo 160-0021 Japanटेलीफोन नं : 03-5291-5172
 
प्रतियोगिता हुने हलको म्याप
अग्रेजी
जापानी
 
आयोजक
गैर-आवासीय नेपाली संघ,जापान
 
थप बिस्तृत जानाकारि र सम्पर्कको लागि
संयोजक
डा.नम्रता पाण्डे : 080-3519-8373
सदस्यहरु
अनिता गुरुङ: 080-4353-2172, रजनी शाह: 080-3694-3690, नारायणी आचार्य: 080-4156-3715, राजु ढकाल: 090-9848-1641, नर बहादुर थापा: 080-5495-5877, डा. राम गिरी : 090-3892-1222, चिरन्जिबि थापा : 090-2648-6011, डा. राजेन्द्र पराजुली : 090-6146-3323, शरद कुमार गौचन : 090-2319-0027
 
अनलाईन मेडियामा प्रकाशीत आब्हान तथा सुचना समाचार

अनलाईन मेडियामा प्रकाशीत "तयारि पुरा" समाचार
टोक्योनेपाल डटकम
समुद्रपारि डटकम
नेपालजापान डटकम
डिसिनेपाल डटकम


 

No comments: